सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिल्लीकी सांसद अल्का लाम्बाले दिइन् नेपाल र नेपालीप्रति विवादित अभिव्यक्ति ! नेपालीलाई यस्तो सम्म भने पछि…

भारतीय लोकसभा चुनावको मिति तोकेसँगै त्यहाँका राजनीतिक दलका नेताहरुले विवादित अभिव्यक्ति दिन थालेका छन् ।

राजनीतिक दलहरु एक अर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिएका छन् । यसैक्रममा आम आदमी पार्टीकी नेतृ तथा दिल्ली विधानसभा सदस्य अल्का लाम्बाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दा नेपाल र नेपाली नागरिकप्रति आपत्तिजनक अभिव्यक्ति दिएकी छिन् । उनले ट्विटरमा मोदीलाई कटाक्ष गर्दै लेखेकी छिन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

World Link Ads
Mahakali Polytechnic

अल्का लाम्बाको यो ट्वीटप्रति धेरैले नेपाल र नेपालीप्रतिको अपमानजनक र विवादित अभिव्यक्तिका रुपमा लिएका छन् ।

Dirghayu Ads
Sana Kishan

अल्का लाम्बाले फेरि अर्काे एक ट्वीट गर्दै जबदेखि भारतीय प्रधानमन्त्री माेदीले आफूलाई चाैकीदार भन्न लागे त्यसबेलादेखि नेपालीलाई चाैकीदार शब्द गाली लाग्न थालेकाे बताएकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सभामा आफू भारतको चौकीदार भएको बताउँदै आफूले चोरी नगर्ने अभिव्यक्ति दिएका थिए ।

मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरव मोदीलगायतका व्यापारीलाई भारतबाहिर भगाउन सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

अल्का लाम्बा लामो समय भारतीय कांग्रेसको विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय रहेकी थिइन् । उनी सन् २०१४ मा कांग्रेस परित्याग गरी आम आदमी पार्टीमा आवद्ध भएकी थिइन् । सन् २०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीका तर्फबाट चाँदनी चोक सिटबाट निर्वाचित भएकी थिइन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.