सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोविन्द गौतमले शहादत प्राप्त गरेको दुई वर्ष पूरा तर सुल्झिएन सीमा विवाद

कञ्चनपुर – सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गरेको आइतबार दुई वर्ष पूरा भएको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्नेे आनन्द बजार नजिक कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमको ज्यान गएको थियो ।

यसरी भएको थियो विवाद

दुई वर्ष अघि फागुन २५ गते नेपाली पक्षले आफ्नो भूमीमा कल्भर्ट निर्माण गर्दा भारतीयले हस्तक्षेप गरेपछि विवाद चर्किएको थियो । सीमाकै विषयमा पटक–पटक विवाद हुँदै आएको र यो क्षेत्रमा केही समय अघि स्थानीय प्रशासनको पहलमा नेपाल–भारतका उच्च अधिकारीको बैठकमा अस्थायी कल्भर्ट बननाउने सहमति भएको थियो ।

World Link Ads
Mahakali Polytechnic

सहमति अनुरुप नै स्थानीयले नेपाली भूमीमा कल्भर्ट बनाउँदै थिए । कल्भर्टसँगै बनाइएको सडकमा इटाँका टुक्रा प्रयोग गरिएको भन्दै भारतीय पक्षले निहुँ खोज्यो र सडक भत्काउन थाल्यो । त्यसपछि दुबै पक्षबीच विवाद चर्कियो ।

Dirghayu Ads

कल्भर्ट निर्माणमा भारतीय पक्षले हस्तक्षेप मात्रै गरेन, राति नेपाली भूमीमै आएर स्थानीयलाई कुटपिट समेत गर्‍याे । श्रीलंका डाँडामा बस्ने स्थानीयका घरभित्रै पसेर एसएसबीले सरसामान फाल्दै घरमा तोडफोड र लुटपाट गर्‍याे ।

त्यो दिन

दुई वर्षअघि आजकै दिन बिहान करिब ८ बजे आक्रोशित स्थानीयको भीडले भारतीय नागरिकसँगै सीमा सुरक्षा बल (एसएसबि) का जवानहरुलाई लखेटे । त्यसपछि दुबैपक्षबीच ढुङ्गा हानाहान मात्रै भएन, अन्ततः गोली नै चल्यो । भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर पुनर्वास ८ का ३२ वर्षीय गोविन्द गौतमको ज्यान गयो ।

आफ्नै भूमीमा कल्भर्ट निर्माण गर्दा ज्यान गुमाउन परेपछि भारतीय हस्तक्षेपविरुद्ध सर्वत्र विरोध भयो । स्थीतिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले घटनास्थल वरपर पाँच दिनसम्म कर्फ्यू आदेश जारी गर्यो । तर, आन्दोलन र विरोधका कार्यक्रमहरु रोकिएनन् । गौतमलाई शहीद घोषणा गर्न माग गर्दै परिवारसँगै आफन्त र स्थानीयले शव बुझ्न मानेन् ।

यसैबीच, चर्को जनदबावपछि सरकारले गौतमलाई शहीद घोषणा गर्दै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ श्रीमतीलाई जागिर र छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गर्‍याे । त्यतिमात्रै होइन, राहत रकम लिएर गौतम निवास पुग्नुभएका गृहमन्त्री विमलेन्द्र निधिले घटनाका विषयमा भारतीय पक्षसँग छलफल गरी दोषीलाई कारवाही र विवादीत सीमा क्षेत्रको नक्सांकन गर्ने विषयमा सरकारको तर्फबाट प्रतिबद्धता समेत जनाउनुभयो ।

भएनन् वाचा पूरा

सरकारले दोषी कारवाहि गर्ने प्रतिबद्धता जनाएको पनि दुई वर्ष पूरा हुदैछ । यसबीचमा धेरै पटक नेतृत्व पनि परिर्वतन भइसके । तर, दोषी भारतीय सुरक्षाकर्मीलाई कारवाही त परै जाओस्, आजसम्म गौतमका परिवारको बारेमा सरकारले गरेका प्रतिबद्धता पूरा भएको छैन ।

Sana Kishan

दुई वर्षको अवधिमा सरकारबाट राहतस्वरुप १० लाख रुपैयाँबाहेक मृतकका परिवारले आफू शहीद परिवार भएको अनुभूति समेत गर्न पाएका छैनन् । छोरीहरुलाई निःशुल्क शिक्षा र श्रीमतीलाई जागिर दिने सरकारको बाचालाई यतिबेला स्थानीय तहले पनि पूरा गरेको देखिँदैन ।

बाटो नै फेरियो, तर विवाद टुङ्गिएन

यता, सरकारले जनाएको प्रतिबद्धता अनुसार न अहिलेसम्म दोषी पत्ता लागेको छ, न विवादित क्षेत्रमा सीमा नक्सांकनको काम नै हुन सकेको छ । बरु, जुन ठाउँमा गौतमको ज्यान गएको थियो, विवादीत क्षेत्र भन्दै अहिले भारतीय पक्षले त्यो बाटो आवात–जावत नै बन्द गरेको छ । भारतीय सीमा सुरक्षा बलले तत्काल बनाइएको कल्भर्टको बाटो हिँड्न नदिएपछि स्थानीय अर्को बाटो प्रयोग गरेर हिँड्न बाध्य छन् ।

भारतीय पक्षले गौतमलाई गोली लागेको ठाउँ आफ्नो रहेको दावी गर्ने गरेको स्थानीयको भनाई छ । सीमा स्तम्भ नभए पनि भारतले कल्भर्ट नजिक रहेको सिमलको रुख सीमा स्तम्भको रुपमा लिने गरेको स्थानीय नवराज पौडेलले बताउनुभयो । उहाँले भारतले सीमा भनेको ठाँउबाट झण्डै पाँच मिटर दक्षिणतर्फसम्म नेपाली भूमी पर्ने बताउँदै अहिले एसएसबीले बनाएको क्याम्पबाट दुईसय मिटर दक्षिणतर्फ पुरानो बाटो रहेको दाबी गर्नुभयो ।

‘भारतले त्यो रुखलाई सीमा स्तम्भ मान्छ, तर, त्यहाँबाट झण्डै पाँच सय मिटर परसम्म नेपाली भूमी पर्छ’, सिमलको रुखतर्फ देखाउँदै पौडेलले भन्नुभयो ‘क्याम्पबाट अलि तल गएर हेर्नुस् न, अहिले पनि त्यहाँ फर लाइनको पुरानो बाटो छ ।’

नेपाली भूमी आफ्नो बनाउँदै भारत

भारतले आफूलाई निर्दोष सावित गर्न विवादीत क्षेत्रलाई आफ्नो भूमीमा पार्ने कसरतमा लागेको पाइएको छ । सीमानाको विषयमा आफ्नै पक्षको गोलीले नेपालीको ज्यान गएपछि अन्तर्राष्ट्रिय आलोचनाबाट जोगिन भारतले अहिले सो क्षेत्रलाई आफ्नो भूमीमा पार्न विभिन्न गतिविधि अघि बढाएको छ ।

सीमा क्षेत्रमा ठाँउ–ठाँउमा भारतले ‘टी’ आकारका पिलर फालेको छ । यस विषयमा भारतीय सुरक्षाकर्मीहरु केही नभएको प्रतिक्रिया दिन्छन् तर उनीहरु गौतमको ज्यान गएको भूमीलाई आफ्नो बनाउने प्रयासमा छन् ।
भारतीयले पक्षले सीमा क्षेत्रमा राखेको ‘टी’ आकारका पिलरका बारेमा सीमा सुरक्षाका लागि खटिएको सशस्त्र बललाई समेत जानकारी छैन ।

आश्वासन मात्र

प्रधानमन्त्री केपी शर्मा ओलीले मेची–महाकाली अभियानका बेला महेन्द्रनगरमा आयोजित कार्यक्रममा दोषीलाई कारवाही हुने आश्वासन दिनुभएको थियो । त्यतिमात्रै हाइन, सत्ता र प्रतिपक्षका साना र ठूला दलका सबैजसो नेताले सीमा विवाद सुल्झाउने विषयमा बेलाबेलामा बोल्ने गरेका छन् ।

स्थानीय तहको चुनावमा धेरैले यही विषयलाई आफ्नो एजेण्डा पनि बनाए । चुनाव जितेसँगै नेतृत्वमा पुग्ने नेताले तिनै शहीद परिवारको उपेक्षा गरिरहेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.