सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिक्षकको कुटाईले कानको जाली फुटेका सितारामको गुनासो “शिक्षकले बाटोमा अलपत्र छोडे, अरु कसैले कुरा नै सुनेन”

बैतडि । बैतडीको मेलौलि नगरपालिका ९ मा रहेको बिशालपुर माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यनरत शिताराम भट्टले आफुलाई कुटपिट गर्ने शिक्षकको कावाहिको माग गरेका छन । सिताराम सोहि बिद्यालयका बर्ष १५ का, कक्षा ८ का बिद्यार्थि हुन । ‘गत माघ २८ गतेका दिन नेपालि बिषयको पढाई भईरहेका बेला, कक्षा कोठामा शिक्षकले उदाहरण दिईरहेकाबेला, हामिले पनि यस्तै उदाहारण दिनुपर्छ सर मात्रै भनेको थिए । शिक्षक निलकण्ठ भट्टले आएर आफ्नो कानमा हान्दा म अचेत अबस्थामा थिए । अनि मेरो सट समातेर अझ मलाई धकेलेर अझ बोल्छस भनेर थर्काउनु भयो,’ पिडित सितारामले भने । अरु आफ्नो गल्ति केहि नभएको उनको भनाई छ ।

Sana Kishan

कुटाई पछि बिद्यार्थि सितारामको बाँया कानको भित्रि जालीमा घाँउ परेको डक्टर रिपोर्टमा देखिएको पिडित सितारामका परिवारले बताएका छन । बिद्यालयमा घटना भएको ३ दिन पछि भेलागराएर सितारामको उपचार दुबै पक्षले मिलेर गर्ने सम्झौता भए पछि धनगढि लगिएका सितारामको उपचार सम्भब नभएपछि शिक्षक निलकण्ठले सितारामलाई अलपत्र पारी छोडिदिएको पिडित परिवार स्रोतले दुखेसो गरेका छन । आफु सँग उपचारका लागि अन्त लैजानका लागि पैसा पनि नभएको र अलि–अलि पैसाको जोहो गरेर अहिले सितारामको उपचार गरेर फर्किएको आमा जानकी भट्टले बताईन ।

सितारामलाई कुटपिट गर्ने शिक्षकलाई आवश्यक कारवाहि गरिदिनहुन भनि परिवारले बिद्यालय स्रोतलाई निबेदन दिएपछि बिद्यालय ब्यबस्थापन समितिको बैठक बसि दुबै पक्षिय मिलेर आउनु भनि आलटाल गरी फर्काई दिएको परिवारले जनाएको छ । शिक्षकको राजिनामा हुनुपर्ने माग पिडित सितारामको छ । उता शिक्षक निलकण्ठले भने रिसले नभई आफुले हप्काउनका लागि मात्र पिटेको बताएका छन । नियतबस विद्यार्थीलाई शिक्षकले कुनैपनि हातपात नगरेको उनको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.