सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टीकापुर घटनाको फैसलापछि पिडित परिवार भन्छन्– न्याय पाएको अनुभुती भयो

टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टका भाई भरत विष्ट सशस्त्र प्रहरीमा कार्यरत भएर धनगढीमै ड्युटीमा खटिरहेका थिए । आज धनगढीमा गृह मन्त्री राम वहादुर थापा बादल सहित उच्च सुरक्षा अधिकारीहरु आएकाले उनी सुरक्षामा जुटको भएपनि उनको ध्यान भने कैलाली जिल्ला अदालतमा थियो । ड्युटीमै दिनभर खटिएका वेला टीकापुर घटनामा संग्लन भएको भन्दै सांसद रेशमलाल चौधरी सहित ११ जनालाई जन्मकैदको सजाय सुनाईएको खबर पाए । दाईको हत्या भएको झण्डै साढे तीन बर्षपछि फैसला सुनाईएकोमा यसले न्यायउको अनुभुती भएको विष्टले प्रतिक्रिया दिए । जुन फैसला भएकोछ त्यसले ह्यदखेनि नै खुशी भएको छु, धनगढीको ट्राफिक चौराहमा ड्युटी गर्दै टेलिफोनमा विष्टले भने– मरेको मान्छेलाई ज्युदो बनाउन त सकिदैन् तर देशमा कानुन भएको लागेको छ ।

विष्ट परिवारसँगै आज भएको फैसलाले पिडित परिवाहरुले न्यायको महसुस गरेका छन् । आफ्नो र परिवारका सदस्यहरुको आँशु थामिएको पिडित परिवारको भनाई रहेको छ । ८ सुरक्षाकर्मी र एक नावालकको हत्या हुने गरि भएको टीकापुर घटनाको आजको फैसलाले न्याय दिएको महसुस भएको घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहोराका बुबा प्रेम बोहोराले बताए । निर्दोष नफसुनु दोषीलाई कारवाही होस भन्ने चहाना थियो आज अदालतले त्यही गरेको छ । असन्तुष्टी भएको भए उपचारको बाटोमा जानुपर्ने अव त्यो अवस्था रहेन् बोहोराले भने– भएको फैसलाको कार्यान्वयन सहि तरिकाले होस भन्ने हो । अव त्यसमा चलखेल गर्ने, सजाय हुनबाट रोक्ने काम गर्नुभएन् ।

Sana Kishan

२०७२ भदौ ७ गतेको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दारद्वय श्यामबहादुर खड्का, जनक नेगी र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउँद र सशस्त्र हवल्दार राम विहारी थारूलाई थरूहट थारूवान पक्षधर आन्दोलनकारीहरूले नियन्त्रणमा लिइ भाला, खुकुरी र धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । त्यस्तै आक्रमणकारीबाट सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्रबहादुर साउँदका टीकापुर नगरपालिका वडा नं. ९ स्थित घरमै खेलिरहेका २ वर्षीय छोरा टीकापुर घटनामा मारिएका टेकेन्द्र साउँदको टाउकोमा पेस्तोल प्रहार गरी हत्या गरिएको थियो । अदालतको फैसलापछि न्याय पाएको लागेको मृतक ६ बर्षीय टेकेन्द्र साउँदका बाजे जंगवहादुर साउँदले बताए । दोषीलाई कारवाही होस भन्ने मेरो पहिलेदेखिकै माग हो, दोषीहरुलाई कारवाही गर्ने फैसला सुनाएको छ । अदालतले गरेको निर्णय सही हो लागेको छ साउँदले भने– कानुन मान्ने मान्छेलाई कानुन सम्मत न्याय भएको हो । अव हाम्रो पिडामा मलम लागेको छ ।

World Link Ads
Mahakali Polytechnic

थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ। सासंद चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृज मोहन डषैरा, राजेश चौधरी, विर वहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३(३) नम्वर बमोजिम जनही जन्म कैद सजाय सुनाईएको हो। तर श्रवण चौधरी नावालक भएकाले आधा अर्थात १० बर्ष सजायक तोकिएको छ। यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई ३ बर्ष कैद तोकिएको छ। यि मध्ये चुन्कीराम बाहे ११ जनाले कैद भुक्तानी गरिसकेकाले उनीहरुलाई आजै छोड्न आदेश दिईएको छ। नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीलाई सफाई दिन आदेश दिईएको छ। यसै गरि करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भईसकेकाले आजै थुना मुक्त गर्न आदेश दिईएको छ। यस्तै फरार रहेका ३१ जना मुद्धा मुल्तवमा रहने छ। कैलाली अदालतको फैसला आशा गरे अनुसार नै भएको घटनामा ज्यान गुमाउने केशव बोहोरकी श्रीमति शारदा बोहोराले बताईन् । घटनाकै मुख्य योजनाकार सहित केहीलाई सजाय भएको छ, कतै हुँदैन की भन्ने डर थियो शारदाले भनिन्– फैसला भएको छ । अव कार्यान्वयन हुन पनि जरुरी छ । अहिलेको निर्णयले राहत नै महसुस गरेकी छु ।

Dirghayu Ads

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो। सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच बहस मंगलवार सकिएको थियो। वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए। घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको थियो। ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २७ जना हाल पुर्पक्षको लागि थुनामा थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.