सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1164

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1165

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1166

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1177

साैतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धादिङमा एक व्यक्ति पक्राउ

धादिङ- सौतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

पटक पटक बलात्कार गर्ने र घटना सार्वजनिक गरेमा मारिदिने धम्की दिएका कारण घटना बाहिर आउन नसकेको प्रहरीले जनाएको छ ।

बेनिघाट रोराङ गाउँपालिका –४ का ४५ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई लामो समयसम्म बलात्कार गर्दै आएको र पछिल्लो पटक पीडितकी आमाले आफ्नै श्रीमानले छोरीलाई बाँसको झ्याङमा लगेर बलात्कार गरेको घटना देखेपछि प्रहरीमा उजुरी गरेको बताइएकाे छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आफूले विवाह गरेर ल्याएकी पत्नीको पहिलो श्रीमानपट्टिकी छोरीलाई बलात्कार गरेको घटना आफैले देखेको पीडितकी आमाले बताउनुभयाे ।

Dirghayu Ads

जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी परेपछि त्यसैको आधारमा पक्राउ परेका आरोपितलाई जबरजस्ती करणी मुद्दा र हाडनाता करणी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरीले बताएकोे छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.