सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मसूद अजहरका भाइसहित ४४ आतंककारी पक्राउ

पाकिस्तानले आतंककारी संगठन जैस-ए-मोहम्मदका संस्थापक मसूद अजहरका भाइसहित ४४ जना आतंककारीलाई नियन्त्रणमा लिएकाे छ । पाकिस्तानका गृह राज्य मन्त्री शहरयार अफ्रीदीले मंगलबार ४४ जनालाई हिरासतमा लिएको जानकारी दिएका छन् ।

Sana Kishan

यीमध्ये मसूद अजहरका भाइ मुफ्ती अब्दुर रउफ पनि छन् । यस्तै मसूद अजहरका अर्का नातेदार हम्माद अजहरलाई पनि हिरासतमा लिइएको छ ।

गृह मन्त्रालयको तर्फबाट जारी गरिएको बयानमा यिनीहरुलाई जाँचको क्रममा हिरासतमा लगिएको बताइएको छ । पाकिस्तानस्थित आतंकवादी संगठन जैश-ए -मोहम्मदले नै भारत प्रशासित कश्मीरको पुलवामा आक्रमणको जिम्मा लगेको थियो । भारतले पाकिस्तानलाई दिएको सूचीमा कतिपय आतंकवादीको नाम थिए । जो अहिले हिरासतमा छन् उनीहरुमध्ये धेरैको नाम भारतले दिएको ब्यूरो सूचीमा समावेश गरिएका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.