सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नोबेल शान्ति पुरस्कारका लागि म योग्य छैन : इमरान खान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य नभएको बताएका छन् ।

पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका वाइलट विंगर कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु भएको थियो । उनीहरुको तर्क छ, ‘इमरानले भारत पाकिस्तानको युद्धको आशंकालाई टारे र शान्तिको पक्षमा काम गरे ।’

Sana Kishan

यो अभियानमा अहिलेसम्म ३ लाखले हस्ताक्षर गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

तर, पाकिस्तानी प्रधानमन्त्री इमरानले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउने योग्य छैन । नोबेल शान्ति सम्मानको हकदार त्यो हुनेछ, जसले कश्मिरीहरुको इच्छाअनुसार कश्मिर विवाद समाधान गर्छ र पुरै महाद्वीपमा शान्ति र मानवताको विकासको बाटो तयार पार्छ ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.