सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जैश-ए-मोहम्मदका प्रमुख माैलाना मसूद अजहर जिउँदै छन् : पाकिस्तानी मिडिया

पाकिस्तानी मिडियाले जैश-ए-मोहम्मदका प्रमुख माैलाना मसूद अजहरको मृत्युको खबरमाथि खण्डन गरेको छ ।

मसूद अजहरका परिवारको गोप्य सूत्रले उनी जिउँदै भएको खबर दिएको छ । हिन्दुस्तान टाइम्सले जियो उर्दू न्यूजलाई उद्धृत गर्दै मसूद अजहरको मृत्युको खबर झुटो भएको बताएको छ ।

तर यस खबरमा अजहर जिउँदो भए कुन ठाउँमा र कस्तो अवस्थामा छन् भन्ने बारे भने केही पनि बताइएको छैन । केही दिन पहिले पुख्ता सूत्रद्वारा अजहरको स्वास्थ्य एकदमै खराब भएको सूचना भने प्राप्त भएको थियो । भन्न त अजहरको रावलपिण्डीको सैनिक अस्पतालमा उपचार भइरहेको र उनका दुवै मृगौलाले काम गर्न छाेडेकाेसम्म पनि भनिएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !

Dirghayu Ads

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले मिडियासँग बोल्दै मसूद अजहरको खराब स्वास्थ्यको बारेमा बताएका थिए । उनको मृत्युसँग जोडिएका खबरमाथि पाकिस्तानी सरकारले भने केही पनि बताइएकाे छैन ।

यसबारे पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीसँग सोधपुछ गर्ने क्रममा उनले आफू यसबारे केही पनि बोल्न नचाहेको बताएका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.