सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिन्दुर हाल्ने बेलामा बेहुली भागेपछि…

धनुषा – विवाहको मूल विधि हुनेबेला नै बेहुली आँखा छलेर फरार भएपछि बेहुला र जन्ती अन्योलमा परेका छन् ।

धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवतीको आइतबार राति विवाह थियो । विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्पन्न भएको केही समयपछि बेहुली फरार हुँदा धनुषाको सबैलाबाट आएको बेहुलासहितको जन्ती बिचल्लीमा परेका छन् ।

Sana Kishan

इलाका प्रहरी कार्यालय यदुकोहाका अनुसार राति १ बजे बेहुला र बेहुलीको स्वयम्बर सकिएपछि त्यहीँका केही व्यक्तिले बेहुली भगाएका छन् । बेहुलीको पहिलादेखि नै प्रेम परेको कारण पहिलाकै प्रेमीसँग भागेको स्थानीय बासिन्दाको आशंका छ ।

World Link Ads
Mahakali Polytechnic

मैथिली परम्परा अनुसार स्वयम्बरपछि विवाहको मूलविधि सिन्दुरदान र कन्यादान हुने गर्दछ । बेहुला बेहुलीको स्वयम्बर सकिएर सिन्दुरदान र कन्यादानको तयारी भएको बेला बेहुली भागेकी हुन् । विवाहको मूल विधि हुने बेला बेहुली भागेपछि गाउँमा खैलाबैला मच्चिएको छ भने विवाहको लागि आएका बेहुला र जन्ती निराश भएका छन् ।

Dirghayu Ads

फरार बेहुली र उनलाई भगाउन सघाउनेहरुको खोजबिन जारी रहेको प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिनुभयो । बेहुली भागेको विषयमा दुवै पक्षमा छलफल भइरहेको जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.