सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिगास गाँउपालिकाले गर्‍याे १८२ शिक्षक नियुक्त

बैतडी – सिगास गाउँपालिकाले सिगास स्वयंसेवक शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाभरीका निजी स्रोतमा कार्यरत शिक्षकहरुको व्यवस्थापन गर्नको लागि स्वयंसेवक शिक्षक नियुक्त गरेको हो ।

सिगास स्वयंसेवक शिक्षक कार्यविधि बनाएर सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुको व्यवस्थापन गरेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि गाउँपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गरेको उहाँले बताउनुभयो । गाउँपालिकाभरीका ५९ सामुदायिक विद्यालयमा १८२ जना शिक्षक, कम्प्युटर प्रशिक्षक, बालविकास सहयोगी कार्यकर्ता र कार्यालय सहयोगी नियुक्त गरेको उपाध्यक्ष चन्दले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आधारभूत तह कक्षा १ देखि ५ सम्म पढाउने शिक्षकहरुलाई मासिक ८ हजार, आधारभूत तह कक्षा ८ सम्म पढाउने शिक्षकहरुलाई मासिक १२ हजार, माध्यमिक तह कक्षा १० सम्म पढाउने शिक्षकहरुलाई १६ हजार र कक्षा १२ सम्म पढाउने शिक्षकहरुलाई मासिक १८ हजार दिने गरेर सिगास स्वयंसेवक शिक्षक नियुक्त गरिएको निजी स्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिनुभयो ।

Dirghayu Ads

२०७४ चैत मसान्त अघिदेखि विद्यालयमा नियुक्त भएर काम गरिरहेका शिक्षकहरु सिगास स्वयंसेवक शिक्षकभित्र अटाएका छन् । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रका लागि आवेदन आह्वान गरेको समयमा अध्यापन अनुमति पत्र लिइसक्नुपर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

सिगास स्वयंसेवक शिक्षकका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले २ करोड बजेट विनियोजन गरेको छ । सिगास गाउँपालिकाभरी ४७ आधारभूत विद्यालय र १२ माध्यमिक विद्यालयहरु रहेका छन् । यसअघि जिल्लाको सुर्नया गाँउपालिकाले पनि गाँउपालिकाभरीका निजी शिक्षकहरुको व्यवस्थापन गरिसकेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.