सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोली फागुन २० गते सोमबार सार्वजनिक विदा

काठमाडौ ।    भोली अर्थात २०७५ साल फागुन २० गते देशभरी सार्वजनिक विदा घोषणा गरिएको छ । उक्त दिन हिन्दुहरुको महान् पर्व महाशिवरात्री परेकाले देशभरी नै सार्वजनिक विदा दिइएको हो । यो राजपत्रमा प्रकाशित विदा अन्र्तगत कै छ ।

महाशिवरात्रीको अत्यन्तै ठूलो महत्व छ । शिव तिनै हुन् जस्ले विष पिएर निलकण्ठ भएर गोँसाईकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अँश्रुका धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेका थिए ।

हो उनै शिवको महिमा भएको दिन हो महाशिवरात्री । हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारणहरु अनि उदेश्यहरुप्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।

World Link Ads
Mahakali Polytechnic

कति चाडपर्वहरु एतिहासिक घटनाको सम्झनाकालागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्यहरु जस्तै धान रोप्ने, अन्न भित्र्याउने अनि विजहरु छर्ने आदिजस्ता विषयवस्तुसंग सम्बन्धित छन् । चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ, यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय छ ।

Dirghayu Ads

यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृतिलेनै मानिसलाई अध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रुपमा ब्याख्या गरिएको पाईन्छ ।

अझ नेपाल त झन ईतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी । आज पशुपतीनाथमा विशेष घुईँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा ब्याख्या गर्न सकिन्छ ।

साधूहरुको ब्यापक उपस्थिती रहन्छ आज पशुपतीमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि सन्यास जीवन व्यतित गरिरहेका साधूहरु भारत अनि नेपालका विभिन्न भागहरुबाट पशुपतिनाथ दर्शन, भ्रमणकालागि आउने गर्दछन् । फर्कने बेला उनिहरुलाई पशुपती विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारीक विदा दिने चलन पनि छ ।

उक्त दिन शिवको वरिपरि घुमेको छ , शिव ति भगवान जस्को आकार छैन्, जस्लाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जस्को रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिन सक्छ, ति शिवको विशेष अनि प्रिय दिन हो आज ।

शिव अर्थात त्यो तत्व जुन छ पनि र छैन पनि, आजको आधूनीक विज्ञानले सम्पूर्ण कुराहरु जुन श्रोतबाट आउँछ त्यसैमा विलिन हुन्छन् भनि अणु अनि परमाणु अवयवहरुको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान शिवको अस्तित्वले संसार अनि श्रृष्टीलाई एउटा दृष्टान्त दिईनैरहेको छ ।

विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरु अनि जीवहरु ब्रह्माण्डका तत्वरुपी शक्तिबाट बन्ने र तिनैमा विलिन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरुपहरुमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वकारुपमा ब्याख्या गरिन्छ । यिनै तत्वहरुबाट हामी सबै निर्मित छौं, ब्रहमाण्डका यि सम्पूर्ण स्वरुपको एउटै श्रोत भगवान शिव हामी सामु अनेक स्वरुपमा छन् ।

यो हावा, सुख्खा यो फाल्गुनको महिनामा उडेका झरेका पातहरु, पलाएका पालुवादेखि छरिएको बिजले माटोमा अङ्कुरण गर्ने स्वरुपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिती छ । धर्म अनुसार नाम फरक होला, ब्याख्या फरक होला तर शिवतत्वका सृजनाकारुपमा हामी रहेका छौं । के बालक के वृद्ध अनि के वयस्क रु आज नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरु भरिएका हुन्छन्, हामीमध्य धेरैले शिवलाई गाँजा भाँङ धतूरो आदि सेवन गर्ने एउटा अचम्मको भगवानपात्रका रुपमा अपब्याख्या या अल्पब्याख्या गरिरहेका हुन सक्छौं तर शिवका यि सम्पूर्ण बानीभित्र सृष्टी अनि समाजको गहिराई लुकेको छ ।

शिव तिनै हुन् जस्ले विष पिएर निलकण्ठ भएर गोँसाईकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अँश्रुका धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेका थिए, त्यहि यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँजहाँ बिसर्जन भए त्यहाँत्यहाँ शक्तिपीठहरूको उत्पति हुँदैगयो ।

यो दिन तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुकालागि भने महाशिवरात्रीको दिन शिव भगवान पर्वतको रुप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रीको रातलाई अचल अनि निर्भय रात्रीकारुपमा पनि लिइन्छ । योगी अनि साधकहरुकालागि शिव भगवान नभईकन एउटा आदिगुरु हुन् जसले योगशिक्षा सप्तऋृषिहरुलाई औपचारीक अनि दस्तावेजकारुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरु आज संसारभरि स्वस्थ्य रहनकालागि धेरैले अनुशरण गर्नेगर्दछन् । यि प्रातकालका नायक अनि आदिकालदेखिका आदिगुरु शिवप्रति समर्पित महाशिवरात्रीले सबैको कल्याण होस् ।

संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्वमा मिसिन्छ, धन, जन या तन त्यागेर भन्दा पनि सँच्चा मान्छे हुन अहम त्यागेर त्यागी बन्न सकौं । गाँजा भाँङ अनि धतूरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौं, यो शिवरात्रिमा रिस, राग अनि अहंकारको त्याग गरौं अनि जीवनको साँचो पथतर्फ लम्कदैजाँऔ । शुभकामना ।

Sana Kishan

सैनिक दिवस्
एसीयाका दुई बिशाल सभ्यताहरु अनि बिश्वका दुई भीमकाय शक्तिराष्ट्रहरु बिचमा चर्तुभूज आकारमा रहेको नेपाल सभ्यता , संस्कार अनि भुगोल सम्पूर्ण कुराहरुको अनुपम संगम हो । बिश्वको शिर सगरमाथाको उचाईबाट तल तराईका समथर फाँटहरु सम्म फैलिएको देश नेपालको आफ्नै मौलिक पहिचान छ ।

पूर्विय सिमाबाट बहने मेची खोला र पश्चिमी सिमाबाट बहने महाकाली यस देशका सिमाहरु हुन् । नेपालको इतिहासको लीखित शुरुवात भने ईशापूर्वको ३५० बर्षअघिबाट भएको पाइन्छ । पौराणीक समयमा गोपाल, महिसपाल, किरांत, लिच्छवी लगायतका बशंले शाषन गरेका यस ठाँउमा राज्यहरु माथि आक्रमण गर्ने, कव्जा गर्ने अनि आफ्नो राज्यको सिमा बिस्तार गर्ने जस्ता कुराहरु समय समयमा भइरहन्थे ।

रेकर्डहरु केलाउने हो भने नेपालको आफ्नै सेना खडा गरिएको सन् ३५० पछिका इतिहासहरु भेटिन्छ । उतिवेला तीव्बत र भारत दुबैतर्फमा राज्यहरुमा आआफ्नै सेना खडा भइसकेका थिए। लीच्छवी बशंको शाषन ताका सेनाको सस्थागत प्रयास नेपाली भूमिमा शुरु भएको इतिहास भेटिन्छ । राजाहरु मानदेव, शिवदेव, नरेन्द्रदेव र अंशुबर्मा का प्राचिन शोध र तथ्यहरु लगायत शिलालेखमा यि कुराहरु उल्लेख छ । यस भन्दा अघिबाट नै सेनाको अभ्यास भएको हुनपर्दछ तथापि तथ्यहरु यिनै राजाका पालाका भएकाले यहाँबाट सैनिक अभ्यास शुरुवात भएको मानिएको छ ।

नरेन्द्रदेवका पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारभ्मिक दस्ता खडा गरेको पाइन्छ । प्राचिनकालमा सैन्य दस्ताहरु देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरु लाई बिभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाका हिसाबले संबेदनशील ठाँउमा राख्न थालिएको हो ।

किल्लाका कमाण्डरलाई क्वान्थ नायक भनिन्थ्यो जो अत्यन्त शक्तिशाली हुनेगर्दथे, उनैको नेतृत्वमा सैनिकहरु खटाइएका हुन्थ्यो । मध्ययूगिन समय ताका कर्णाली क्षेत्रका खस् मल्ल बंशहरुलाई काठमाडौका मल्लहरुले सहजै हराएको इतिहास छ , कर्णालीका खस् मल्लहरु संग पनि सैन्य दस्ता अत्यन्त मजबुत भएको तथापि काठमाडौ मल्लहरुको रणनैतिक अनि आधूनिक रणकौशल अघि उनीहरु सहजै हारेका थिए ।

यससमयमा नेपाल बिभिन्न राजा रजौटाहरुमा बाँढिएको थियो, सेनाहरु राजा, यूवराज, ओमरावस, क्वान्थ नायक लगायतका हातमा अनि कुनै एक निर्दिष्ट शक्तिको निर्देशनमा मात्र थिएनन् । काठमाडौ र डोटी लगायतमा त भारतिय सेनाहरुको पनि केही साथ र सहयोग पनि रहेको पाइएको थियो । तर जब १७ औं शताव्दीमा यूरोपबाट एसिया र अफ्रिकामा उपनीवेषबाद को लर्को शुरु भयो तब बिदेशी सेना अनि घुसपैठी लगायत राज्यहरुमा स्वतन्त्रताको प्रतिरक्षाका लागि ठूलो चुनौती खडा भयो ।

इस्ट इण्डिया कम्पनीले भारतका अधिकांश ठाँउहरु कव्जा गर्दैगर्दा यता नेपालका राजारजौटाहरुलाई नेपालीपनाको एकै आधारमा पृथ्वी नारायण शाहले एकीकृत गर्दै आएका हुन् । नेपाली सेनाको शुरुवात र सस्थागत अभ्यासको लागि यसै एकीकरण प्रक्रिया नै एउटा महत्वपूर्ण बिन्दु मानिन्छ । गोर्खाका सेना बाहेक पनि एकीकरणमा सहयोग गर्न पृथ्वी नारायण शाहले भारतिय भूमिसंग नाता गाँसेर यूद्धका सामान अनि हतियार मगाएको देखिन्छ, नेपाली सेनाको रणकौशलता का शुरुवाती दिनहरु त्यहीवाट शुरु भएको हो ।

ब्रिटीशहरुले गोर्खाली सेनाका बिरुद्धमा बिभिन्न यूद्धहरु लडेका ब्रिटीशहरुले गोर्खाली फौजको अदम्य साहस देखेर पछि आफ्ना सैन्य दस्तामा नेपाली फौज भर्ती लिन थाल्यो । तर नाम भने गोर्खा नै रह्यो, यसैकारणले पनि नेपाली सेनालाई बिदेशमा गोर्खाका नाममा चिनिन्छ । गोर्खाबाट शुरु भएको एकीकरणको आगो र धागो आजसम्म पनि नेपाली सेनाले ज्वलन्त बनाएर हिँडेको छ ।

सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अबिछिन्न राष्ट्रप्रेम अनि साहस प्रदर्शन गरिरहेको छ । बिश्वयूद्ध देखि गृहयूद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ । भुकम्प होस् या कुनै दुर्घटना या अन्य कुनै प्राकृतीक प्रकोप, सेना हरेक ठाँउमा पुगीदिन्छ । बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शान देखि बैदेशिक शान्ति सैनिकका रुपमा नेपाली सेना सर्वत्र चर्चामा छ । सन् २००२ देखि सन् २००७ सम्म नेपाली सेनाले आफ्नो सख्याँ ५० हजार वाट ९५ हजार बनाएको हो । माओवादी दस्तावाट पनि सेनामा समायोजन गरिएको छ ।

हरेक बर्ष महाशिवरात्रीका दिन नेपालमा सेना दिवस मनाइन्छ र यसक्रमको शुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । काठमाडौं आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलीकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ । आजका दिन टुँडिखेलमा सेनाले बिशेष कार्यक्रम र परेड प्रर्दशन गर्दछ । उच्च आहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिती हुने यस कार्यक्रम हेर्न सर्वसाधरणको भींड लाग्ने गर्दछ ।

देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कुटनैतिक कौशलता सप्तरिको तिलाठी देखि सुस्ता अनि कालापानी सम्म देखाउन सुकन् । सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शि र अनुशासीत सस्था हो, यसमा आँच नआओस् । रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् । यस बर्षको महाशिवरात्रीको सेना दिवसको सकल नेपालीलाई शुभकामना १

सिलाचःह्रे पूजा
नेवा समुदायले शिवरात्रीकै दिन शिलाचःह्रे पूजा गर्ने गर्दछन् । यस दिन क्लब या गुठीका मान्छेहरु विशेषत केटाकेटीहरु मिलेर बाटाबाटामा पैसो उठाएर त्यस रकमले साँझमा आगो बाल्ने अनि मकै लगायतका कुराहरु भुटेर खाने चलन पनि हुन्छ । यसरी बाटो छेकेर पैसा लिने चलन लाई जगा छेक्ने भनिन्छ । यसरी सबैजना टोल छिमेक अनि गुठीका सदस्यहरू भेला भएर आगो बाल्ने अनि पूजा गर्ने भएकाले सिलाचःह्रे पूजा केटाकेटी माझ एकदमै लोकप्रीय छ ।

यस पूजा शिवरात्रीकै दिनमा गरिन्छ, यसरी साँझमा पूजा पनि शिव तथा गणेशको गरिन्छ । शिवरात्रीको तीथि नेवा महिनामा नेवा पात्रोमा सिल्ला महिनामा पर्दछ, यस महिनालाई नेवा मान्यतानुसार पावन महिनाका रुपमा लिइन्छ । यस दिन नेवा समूदायमा पनि व्रत बस्ने चलन हुन्छ र साँझमा आगो बालेर हलुवा, पुरी अनि स्वारी पकाएर खाने चलन हुन्छ । सिलाचःह्रेको सबैलाई शुभकामना ।

–       हाम्रो पात्रो   बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.