सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इमरान खानलाई नोबेल पुरस्कार दिनुपर्ने प्रस्ताव

इस्लामावाद  । भारत र पाकिस्तानबीच उत्पन्न तनाव शान्त पार्न अहम् भूमिका खेलेको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग उठेको छ ।

पाकिस्तानको संसद्मा प्रधानमन्त्री खानलाई नोबेल पुरस्कारका लागि मनोनित गर्नुपर्ने प्रस्ताव त्यहाँका सुचनामन्त्री फवाद चौधरीले शनिबार राखेका छन् ।

भारतीय विङ कमान्डर अभिनन्दन वर्तमानलाई छोडेको भोलिपल्ट इमरान खानलाई नोबल पुरष्कार दिनु पर्ने प्रस्ताव आएको हो। काश्मीर विवादले उत्पन्न तनाव समाधान गर्न खान कूटनीतिक रुपमा सफल देखिएको भन्दै अन्तराष्ट्रिय समुदायले सकारात्मक प्रतिक्रिया दिइरहँदा पाकिस्तानी संसदमा इमरानको नाम उक्त पुरस्कारका लागि अगाडि बढाउँने सम्बन्धी प्रस्ताव आएको हो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रस्तावमा भारत पाकिस्तान तनाव कम गर्न इमरानको भूमिका महत्वपूर्ण रहेको उल्लेख छ। भारत र पाकिस्तानबीच काश्मीर विवादले युद्ध हुने स्थिति सिर्जना गरेका थियो। पाकिस्तानी प्रधानमन्त्री  खानले शान्तिको प्रयास गरे पनि  उनले गरेको शान्ति वार्ता अपिल भारतले अस्वीकार गरेको छ।

Dirghayu Ads

पाकिस्तानले आतंकवाद लगायतका सबैं विषयहरूमा बसेर वार्ता गर्न चाहेको पाकिस्तानी प्रधानमन्त्री खानले बताउँदै आएका छन्। यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो खेलको सुरुवात भएको र आफूले पुरा खेल खेल्न चाहेको बताउँदै आएका छन। पाकिस्तानले युद्ध होईन शान्तीको पथ रोजौं भन्ने सन्देशमा उल्लेख गर्दै आएको छ।

तर,भारतीय पक्षले यो प्रस्तावलाई अस्वीकार गर्दै आएको छ। पाकिस्तानले विङ कमाण्डरलाई भारतसमक्ष बुझाएर कुटनीतिक रुपमा शान्ति र वार्ता चाहेको सन्देश दिइसकको छ भने भारतले अब कस्तो प्रतिक्रिया र कसरी अगाडि बढ्छ भन्ने बिषय हेर्न बाँकी छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.