सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला तिङ्कर सडक जिप दुर्घटनाः मृतकको संख्या ११ पुग्यो (अपडेट

दृष्टिकोण समाचार, १७ फागुन दार्चुला । दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा फागुन १३ गते राती सुख्खा पहिरोमा परी एक जनाको मृत्यु र पाँच जना घाइते भएको तथा आधादर्जन बाख्रा मरेको घटना सेलाउन नपाउँदै फेरी सोही क्षेत्रमा जिप दुर्घटना भएको छ । शुक्रबार साँझ ८ बजेतिर दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट हिकिलाका लागि हिडेको म १ ज २८० नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने जीप चालक दिपकसिह धामी गम्भीर घाइते भएका छन् । अहिलेसम्म ३ जना महिलाको लास उद्धार गरी सडकमा पु¥याइएको छ भने बाँकी ८ जनाको शव भिरबाट निकाल्ने कार्य जारी रहेको दार्चुला जिल्लाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिनुभयो । जिपमा १२ जना सवार रहेका थिए । अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले उद्दार कार्य जारी राखेका छन् ।
घाइते जिप चालक दिपकसिह धामीलाई जिल्ला अस्पताल दार्चुलाबाट रिफर गरेको छ । घाइते धामीलाई थप उपचारको लागि शुक्रबार राती नै भारतको पीथौरागढ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घटनामा मृत्यु भएकाहरुको कसैको पनि अहिलेसम्म सनाखत भएको छैन् । उद्दारमा भिर र अँध्यारो भएका कारण कठिनाई भइरहेको उद्दारकार्यमा घटनास्थलमा खटिएका शसस्त्र प्रहरी प्रमुख भिमबहादुर चन्दले जानकारी दिनुभयो ।
मृतक सबैको लास उद्दार पछि जिल्ला अस्पतालमा ल्याइने र भोली मात्रै आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

Sana Kishan

सुदुर दृस्टीकोण बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.