सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1164

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1165

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1166

Warning: Trying to access array offset on value of type bool in /home/u374237180/domains/sudurpashimkhabar.com/public_html/wp-content/themes/publisher/includes/libs/bs-theme-core/theme-helpers/template-content.php on line 1177

हिरासतमा अभियुक्तको शंकास्पद मृत्यु, प्रहरीले नै विष दिएको आशंका !

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका एक अभियुक्तको शंकास्पद मृत्यु भएको छ ।

लागूऔषध कारोबारको आरोपमा २ पुसमा पक्राउ परेका भारतीय नागरिक ३० वर्षीय सन्दीप शाहको हिरासतमै मृत्यु भएको हो । लागूऔषध नियन्त्रणमा ब्यूरो, पोखराले पक्राउ गर्दा उनको साथबाट २ हजार ९ सय ७० वटा औषधिजन्य लागूऔषध बरामद भएको थियो । कास्की प्रहरी स्रोतका अनुसार उनले हिरासत कक्षभित्रै विष सेवन गरेका थिए । शाहले बिहान ४ बजे विष सेवन गरेर बान्ता गर्न सुरु गरेपछि हल्लीखल्ली मच्चिएको प्रहरीले जनाएको छ ।

‘बान्ता भएको केही समयमै अस्पताल लगियो,’ प्रहरी भन्छ, ‘अस्पताल लगिसकेपछि पनि केहवेर कुरा गरेका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।’

World Link Ads
Mahakali Polytechnic

शाहले सेवन गरेको विष हिरासत कक्षभित्र कसरी पुग्यो भन्ने विषयमा पनि प्रश्न उठेको छ । यो विषयको खोजी गरिरहेको प्रहरीले एक जना प्रहरी अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ ।

Dirghayu Ads
Sana Kishan

स्रोतका अनुसार तिनै प्रहरीमार्फत विष हिरासत कक्षसम्म पुगेको आशंका गरिएको छ ।

बिहीबार बिहानै मृत्यु भए पनि हालसम्म साहको पोस्टमार्टम हुन सकेको छैन । पोष्टमार्टमका लागि मृतकका आफन्तले जाहेरी दिनुपर्छ ।

परिवारका सदस्य आइनसकेको कारण उनको पोष्टमार्टम हुन नसकेको हो ।

हाल उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा राखिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.