बीबीसी। अमेरिकाले आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनका विषयमा सूचना दिनेलाई दश लाख अमेरिकी डलर (१० करोड रुपैयाँ) दिने घोषणा गरेको छ। अमेरिकी गृहमन्त्रालयले हमजा बिन लादेन अलकायदाको नेताका रुपमा उदाएको दाबी गरेको छ।
पछिल्ला वर्षहरुमा हमजाले कयौं भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा उनले आफ्ना बुवाको हत्या गर्ने अमेरिका र उसका पश्चिमी सहयोगी मुलुकसँग बदला लिन समर्थकलाई एकजुट हुन आह्वान गरिएको छ। अमेरिकी विशेष बलले २०११ मा पाकिस्तानको एबटाबादमा ओसामा बिन लादेनलाई मारेका थिए।
ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको उमेर ३० वर्षको भएको बताइएको छ। अमेरिकाले दुई वर्ष पहिला नै उनलाई विश्व आतंकवादी घोषणा गरिसकेको छ। हमजाले मोहम्मद अताकी छोरीसँग विवाह गरेका छन्। मोहम्मद अताले २००१ को आक्रमणमा चार कमर्शियल एयरक्राफ्टमध्ये एउटा अपहरण गरेका थिए र त्यसबाट न्यूयोर्कमा वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए।
एबटाबादमा ओसामा बिन लादेनको घरबाट केही पत्र प्राप्त भएका थिए। जसमा हमजालाई आगामी दिनकालागि तयार पारिँदै गरेको उल्लेख थियो। हमजालाई ओसामाको सबैभन्दा प्रिय छोराका रुपमा हेर्ने गरिन्छ।

अमेरिकी गृहमन्त्रालयमा डिप्लोम्याटिक सिक्योरिटीका असिस्टेन्ट सेक्रेटरी माइकल इभेनअफले भने, ‘हमजा अफगान–पाकिस्तानको सीमानामा हुन सक्छन्। तर उनी दक्षिण केन्द्रीय एशियामा जहाँ पनि हुन सक्छन्।’
के पनि विश्वास गरिन्छ भने हमजा बिन लादेनले इरानमा आफ्नी आमासँगै धेरै वर्ष बिताएका छन्। त्यहीँ उनको विवाह पनि भएको थियो।
केही रिपोर्टमा उनी पाकिस्तान, अफगानिस्तान या सीरियामा हुन सक्ने जनाइएको छ।
