सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आकाश खुले पनि डम्म बादल लागेजस्तै भयो टुँडिखेल

काठमाण्डौ – आकाश खुले पनि टुँडिखेलको वातावरण शुक्रबार बिहानभर बादल लागेजस्तै भयो । अघिल्लो दिनझैं आकाशबाट पानी त परेको थिएन । तर त्यहाँ पुग्ने प्रायः सबैका आँखा ओभानो भएनन् ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको श्रद्धाञ्जली कार्यक्रमले टुँडिखेलको वातावरणमा सन्नाटा छायो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका वरिष्ठ नेता, अरु विशिष्ट व्यक्तिहरु, नेता, कार्यकर्ता र सर्वसाधारण भावुक मुद्रामा श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भए ।

World Link Ads
Mahakali Polytechnic

राष्ट्रपति विद्यादेवी भण्डारीले भारी मनले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उस्तै भावुक मुद्रामा राष्ट्रिय झण्डा ओढाउनुभयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेता कार्यकर्ताले दिवंगत मन्त्री सहित निधन भएका सबैको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे । विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणले पनि मलिन अनुहार बनाएर श्रद्धाञ्जली दिए ।

Dirghayu Ads

परिवारका सदस्यको रुवाबासीले सबैलाई स्तब्ध बनायो । नेता, कार्यकर्ता र आफन्तले सम्हाल्न खोजे 

Sana Kishan

राति अबेरमात्र पोष्टमार्टमको काम सकिएपछि बिहान ८ बजेपछि मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राखिएको हो ।

काठमाण्डौबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाण्डौ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको हो ।

सबै तस्बिर : रासस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.