सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेलिकोप्टर दुर्घटना : टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलि शुक्रबार

रोशन सापकोटा
हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति बिहीबार टुँडिखेलमा गर्ने भनिएको श्रद्धाञ्जलि कार्यक्रम शुक्रबारका लागि सारिएको छ ।

पोस्टमार्टमका लागि समय लाग्ने भएपछि शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि उनको शव काठमाडौंको टुँडिखेलमा राखिने भएको हो ।

यसअघि, बिहीबारै मृतकका शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने कार्यक्रम तय गरिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीसहित सातैजनाको शवको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइरहेको छ ।

Dirghayu Ads
Sana Kishan

मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा हुनेछ ।

अधिकारीको शव शुक्रबार बिहान टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जलि दिएपछि पोखरा लगिने जनाइएको छ ।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषदको बुधबारको बैठकले गरिसकेको छ ।

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.