सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा स्वतन्त्र पत्रकार संघ गठन

महेन्द्रनगर। जिल्लामा क्रियाशील पत्रकारहरुको भेलाबाट कञ्चनपुरमा स्वतन्त्र पत्रकार संघ गठन गरिएको छ। बिहीबार महेन्द्रनगरमा आयोजित भेलाले माउन्टेन टेलिभिजनका संवाददाता पुष्कर भट्टको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो।

संघको उपाध्यक्षमा प्राईम टाईम्स सुदूरपश्चिम ब्युरो प्रमुख सुमन भट्ट र सचिवमा मानसखण्ड दैनिकका मुख्य संवाददाता एवं आर्थिक अभियान र नेपाली पब्लिक डटकमका संवाददाता मदन गिरी चयन भएको छन्।

सहसचिवमा हिमालयन टेलिभिजनका संवाददाता सुरेश भट्ट, कोषाध्यमा सरस्वती भट्ट सर्वसम्मत भए। डिल्लीराज पन्त, डिबी बोहरा, भुवन भट्ट, केशव भट्ट, होम योगी, विकास महता र भोजराज भट्ट समितिमा सदस्य छन्।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जिल्ला स्तरिय भेलामा संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, महासचिव नवराज पहाडी, उपमहासचिव राजेन्द्रजंग रायमाझी, कोषाध्यक्ष बिरेन्द्र पाण्डे र पार्षद डिआजी सुमनको सहभागिता थियो।

Dirghayu Ads

वेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले संघलाई स्वतन्त्र र निष्पक्ष रुपमा सत्यतथ्य खोजी गरेर व्यवसायिक पत्रकारिता गर्न जोड दिए।

त्यस्तै संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारिता राजनीतिक रुपमा विभाजित हुँदै गएकाले स्वतन्त्र पत्रकार संघको आवश्यकता परेको बताए। उनले कुनै पनि राजनीतिक दल र तिनका भ्रातृ संगठनसँग आवद्ध नभएका पत्रकारलाई संस्थामा आवद्ध हुनसमेत आग्रह गरे।

२०६८ सालमा स्थापना भएको स्वतन्त्र पत्रकार संघ अहिले विभिन्न जिल्लामा विस्तारको क्रममा छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.