सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारत र पाकिस्तान विवाद : नेपालले खोल्यो मुख, दुईटै देसलाई यस्तो सुझाव

काठमाडाैं । छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावका विषयमा नेपालको सरकारले मुख खोलेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या समाधानका लागि आग्रह गरेको छ ।

Sana Kishan

विज्ञप्तिमा भनिएको छ, ‘पलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तानवलाई लिएर नेपाल सरकार चिन्तित छ । उक्त घृणित कार्यको हामीले निन्दा गरिसकेका छौं । सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहन्छ । साथै दुवै पक्षलाई अधिकतम संयम अपनाउन र यस क्षेत्रमा शान्ति र सुरक्षामा खलल पुग्ने कार्य नगर्न आग्रह अर्दछ । साथै तनावलाई कम गरेर स्थिति सामान्यिकरण गर्नका लागि वार्ता र शान्तिपूर्ण माध्यममार्फत समाधान खोज्न पनि आग्रह गर्दछौं ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.