सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाकाे निधन

ताप्लेजुङ – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको निधन भएको छ ।

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को तारेभिरमा हेलिकोप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोचिभैया, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन कुमार घिमिरे र क्याप्टेन प्रभाकर केसी रहेकाे नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । स्थानीय नागरिक घटनास्थलमा पुगिसकेको भए पनि जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीको टोली पुग्दै छ ।

Dirghayu Ads

दुर्घटनास्थलमा पुगेका रतन कार्कीले हेलिकप्टरको दुई वटा पङ्खा मात्र बाँकी रहेको र अन्य भाग जलेर नष्ट भएको बताउनुभयो । उहाँले अहिले मानिसका शवहरु बलिरहेको र हेलिकप्टरको अन्य भाग जलेर नष्ट भएको फोनमार्फत जानकारी दिनुभयो ।

पाथीभरा फेदीदेखि १ घण्टा ३० मिनेटको समयमा पुगिने पाथीभराको उत्तरपट्टिको मोहोडामा पर्ने भिरमा पाथीभरा देवीको मन्दिरदेखि हेलिकप्टर उडेको ३ मिनेटमा ठूलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.