सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान, भारतीय वायुसेनाको एक विमान खस्यो

काठमाडौं। पाकिस्तानी वायुसेनाका विमान भारतीय सीमाभित्र प्रवेश गरेका छन् । गएरातीदेखि गोली हानाहान चलिरहेको भारत पाकिस्तानको नियन्त्रण रेखा पार गर्दै पाकिस्तानी लडाकू विमान भारतीय सीमामा प्रवेश गरेको जनाइएको छ । गएराती भारतीय सेना नियन्त्रण रेखा नाघ्दै पाकिस्तान प्रवेश गरेका थिए । यसअघि भारतीय वायुसेनाका विमानले पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) समेत पार गर्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बालाकोटमा बम आक्रमण गरेको थियो ।

Sana Kishan

पाकिस्तानी वायुसेनाले भारततर्फ के–कस्तो आक्रमण गर्यो भन्ने प्रस्ट भइसकेको छेन । यसेबीचमा सीमाको नियन्त्रण रेखा नजिकै भारतीय वायुसेनाको एक विमान दुर्घटनाग्रस्त भएर खसेको छ । कश्मिरको बडगाममा भारतीय वायुसेनाको मिग विमान खेतमा खसेको बताइएको छ । दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको अपुष्ट समाचार आएको छ । भारतीय मिडियाले दुर्घटनाको कारण प्रस्ट नभएको लेखेका छन् । यद्यपि यो विमान पाकिस्तानले खसालिदिएको हुन सक्ने आशंका गरिएको छ । पाकिस्तानी मिडियाले पनि भारतीय विमान पाकिस्तानले नै खसालेको बताएका छन् । दुर्घटनाको भिडियो हेर्नुहोस् –

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.