सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा काङ्गेस वाट निर्वाचित वार्ड अध्यक्ष जुवाको खालबाट पक्राउ

काठमाडौं । डोटीमा जुवा खेलिरहेको अवस्थामा स्थानीय वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार राजपुरमा दिउँसो जुवा खेलिरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय दिपायलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Sana Kishan

जुवाखालबाट करिब १८ हजार एक सय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र खड्कालगायत रहेका छन् ।

उनीहरुलाई अहिले जिप्रकामा राखिएको छ । जनप्रतिनिधि नै दिउँसै जुवाको खालमा भेटिन थालेपछि स्थानीय सेवाग्राही मारमा परेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.