सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेर्नुहोस यसरी ज्यूँदै जलाएर बृद्ध दम्पतिको हत्या गरियो

सप्तरी । सप्तरीमा ज्यूँदै आगो लगाएर एक बृद्ध दम्पतिको हत्या भएको छ ।

खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

Sana Kishan

मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोको नखुलेको र घरको झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घट्नास्थल पुगेर घरको ढोका तोडेरभित्र पस्दा जलेको अवस्थामा दुबैको शव फेला परेको हो ।

World Link Ads
Mahakali Polytechnic

साह दम्पतिको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । हत्यारा पत्ता लगाउन तालिम प्रााप्त कुकुरसहित टोली परिचालन गरिएको छ । घटना स्थलमा रगतको छिटा समेत भेटिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले बताएका छन् ।

Dirghayu Ads

मृृतक साह व्याजमा रकम लगानी गर्दै आएको स्थानीयहरुले बताएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.