सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सीमामा विवाद चलिरहँदा भारतीय विदेशमन्त्रीलाई भेट्न पाकिस्तानी सांसद भारतमै आएपछि…

काठमाडौं। पुलावामा आतंकवादी आक्रमण भएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध बिग्रिएको छ । तर, यही विवादका बीच एक पाकिस्तानी सांसद भारतमै आए । यतिमात्र होइन भारत आएर उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग संक्षिप्त भेटवार्ता गरे । यो भेटवार्ता अनौपचारिक र छोटो थियो । तर, उनले भारतीय प्रधानमन्त्री सुष्मा स्वराजसँग भने औपचारिक रुपमै भेटवार्ता गरे । यतिमात्र होइन उनले भारतीय सेनाका पूर्व प्रमुख र हालका रक्षा राज्यमन्त्री विके सिंहसँग पनि भेटवार्ता गरे ।

Sana Kishan

इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इंसाफका सांसद रमेश कुमार वंकवानीले भारतमा यसरी भेटवार्ता गरेको बीबीसीले जनाएको छ । सांसद बंकवानीले आफ्नो ट्वीटरमा समेत भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटेको फोटो पोस्ट गर्दै भेटवार्ता भएको पुष्टि गरेका छन् । बंकवानी भारतको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा भाग लिन आएका हुन् । भेटवार्तामा बंकवानीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानकै कुरा दोहोर्याएको र पुलावामा आक्रमणमा पाकिस्तानको हात नभएको बताएको बीबीसीको समाचारमा जनाइएको छ ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

अमृतसरमा रहेका बीबीसीका संवाददाता रविन्द्र सिंह रबिनसँग कुरा गर्दै उनले ‘ तपाइँ यो पटक्कै नसोच्नुहोस् कि पाकिस्तान आफ्नो भूमि भारत विरुद्ध प्रयोग गर्छ । यदि भारतसँग यस्ता कुनै प्रमाण छन् कि पुलावामा आक्रमणमा भारतको कुनै हात छ भने पाकिस्तान सरकार त्यसमाथि कारवाही गर्छ’ भनेको समाचारमा उल्लेख छ । बंकवानीले आफ्नो भारत भ्रमणको उद्देश्य दुई देशबीच मित्रताको माहोल कायम गर्ने भएको बताए । उनले आफूले पाकिस्तान फर्केपछि पाकिस्तानी प्रधानमन्त्रीसँग पनि यसबारे कुरा गर्ने र सम्बनध सुधारको प्रयास गर्ने बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.