सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्दिप र राशिदलाई समेत उछिन्ने नेविसंघका ‘बलर’ सामाजिक संजालमा भाइरल

काठमाडौं। हिजोदेखि सामाजिक संजालमा दुई फोटो निकै भाइरल छन् । यी दुवै फोटो अलाइनखबर डटकमका पत्रकार चन्द्र आलेले खिचेका हुन् । यी फोटोमा नेविसंघका कार्यकर्ताले ढुंगा हानिरहेका छन् । नेविसंघमा ३२ वर्षको उमेर हद राख्ने वा नराख्ने भन्ने विषयमा विवाद भएपछि हिजो नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको झडपमा ढुंगा हानाहान हुँदा यी दुई युवाले पनि ढुंगा हानेका थिए । उनीहरुले ढुंगा हानिरहेकै बेला पत्रकार चन्द्र आलेले फोटो खिचे र अनलाइनखबर डटकममार्फत प्रकाशन गरे ।

Sana Kishan

लगत्ते यी दुवै फोटो भाइरल हुने क्रम सुरु भयो । नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले यी दुई युवालाई क्रिकेटका बलरसँग तुलना गरे । उनीहरुको ढुंगा हान्ने शैली क्रिकेटमा बलिङ गर्ने ‘एक्सन’सँग दुरुस्तै मिल्दो छ । यही कारण सामाजिक संजाल प्रयोगकर्ताहरुले उनीहरुको बलिङ सन्दिप लामिछानेको भन्दा कडा भएको टिप्पणी गर्दै फोटो शेयर गर्न थाले ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

केहीले उनीहरुलाई अफगानी सनसनी बलर राशिद खानसँग पनि तुलना गरिरहेका छन् । प्रयोगकर्ताले स्ट्राइकमा देउवा थिए वा अरु कोही भन्ने प्रश्न गर्दै जो भए पनि विकेट भने पक्का लिने समेत भनेका छन् । यी दुई युवा को हुन् भन्ने विषयमा भने अहिलेसम्म प्रस्ट भइसकेको छैन । हेर्नुहोस् झडपको भिडियो –

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.