सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक नेपालीको अमेरिकामा गोली हानी हत्या

काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो ।

हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Sana Kishan

गोली लागेर दुई जना घाइते भएका थिए । घाइतेहरु स्वास्थ्य लाभ गरेर घर फर्किइसकेका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

यसैबीच एलिजावेथ टाउनका बासिन्दाहरु भेला भएर मृतकहरुप्रति श्रद्धाञ्जली दिएका छन् । सुभाष सम्झनामा उनले सञ्चालन गर्दै आएको टी–मार्ट अगाडि पुष्पगुच्छा चढाइएको थियो भने दीप प्रज्ज्वलन पनि गरिएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.