सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ विश्वको सबैभन्दा ठूलो झिंगाको अनौठो कहानी

सन् २०१२ मा दक्षिण भारतीय चलचित्र ‘मक्खी’ प्रदर्शनमा आएको थियो । चलचित्रको मुख्य भूमिकामा एउटा यस्तो झिंगाको बारेमा देखाइएको थियो जो साधारण झिंगाभन्दा फरक थियो । हामी यस्तै एक असाधारण झिंगाको बारेमा हामी तपाईंलाई जानकारी गराउँदैछौँ ।

दुनियाको सबैभन्दा ठूलो झिंगाको खोजी गरिएको छ । यसको आकार मानिसको औँला जति नै ठूलो छ । दशौँ वर्ष अघि यो प्रजातिका झिंगा हराएको थियो । अहिले यसलाई इण्डोनेसियाको आइल्याण्डमा भेटिएको छ ।

लामो समयको खोजपछि जंगल विभागले यो प्रजातिको झिंगा भेटेको बताएको छ । यसको नाम ‘वैलेस जाइन्ट बी’ हो । यसको नाम प्रकृतिवादी खोजकर्ता रसेल वैलेसको नामबाट राखिएको छ ।

World Link Ads
Mahakali Polytechnic

सन् १९८१ मा केही वैज्ञानिकले यस प्रजातिको झिंगाका बारेमा बताएका थिए । यसपछि यस प्रजातिको झिंगा कतै देखिएको थिएन । यो वर्ष जनावरीमा इण्डोनेसियाको जंगलमा विज्ञहरुको टोलीले यो झिंगाको खोजी गरेको थियो ।

Dirghayu Ads
Sana Kishan

यसको पहिलो तस्बिर खिच्ने क्ले बोल्टले भने ‘यो बिल्कुल हैरान गर्ने किसिमको थियो । हामीलाई लागेको थियो यो प्रजातिको झिंगा लोप भैसकेको थियो । जब यो झिंगा उड्थ्यो, यसको पखेटाको आवाज स्पस्ट सुनिन्थ्यो ।’

यो झिंगा इण्डोनेसियाका उत्तरी माल्याकुश आइल्याण्डमा भेटिएको हो । यो प्रजातिको झिंगा विश्वबाटै लोप हुने अवस्थामा छ ।

पर्यावरण समूह ग्लोबल वाइल्ड लाइफ कञ्जर्भेसनले लोप हुन लागेका प्रजातिको खोजी गर्नका लागि एक अभियान चलाइरहेका छन् । यो पनि यही अभियानको एउटा हिस्सा हो ।

–बीबीसी हिन्दीबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.