सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

करेन्ट लागेर २ जनाको ज्यान गयाे

धनुषा – महोत्तरीको लोहारपट्टी नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएकाे छ ।

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sana Kishan

लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज आयोजना गरिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

प्रहरीका अनुसार भोजमा क्यासेट बजाउन बिजुलीकाे पाेलमा तार जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छोएपछि करेन्ट लागेर सिकिस्त भएका दुवैजनाको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.