सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्मलाको परिवारको तीन महिनादेखिको धर्ना स्थगित

दुर्गा उपाध्याय/कन्चनपुर

बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका निर्मलाका आमा–बाबुले धर्ना स्थगित गरेका छन् ।

गएको कात्तिक २५ गतेदेखि छोरीको न्यायका लागि जिल्ला प्रशासन कार्यालय कन्चनपुरको मूलगेटअगाडि धर्नामा बसेको पीडित परिवारले शुक्रबार धर्ना स्थगित गरेको हो ।

Sana Kishan

धर्नामा बस्दा स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं जानुपर्ने भएकाले धर्नाको कार्यक्रमलाई स्थगित गरिएको निर्मलाका बुवा यज्ञराज पन्तले बताए ।

World Link Ads
Mahakali Polytechnic

आन्दोलनका अरु कार्यक्रम भने जारी रहेको बताउँदै उपचारपछि पुनः आन्दोलन गर्ने परिवारको भनाइ छ ।

Dirghayu Ads

धर्ना स्थगित गर्नुअघि निर्मलाको हत्यारा र अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै परिवारले जिल्ला प्रशासन कार्यालय कन्चनपुरमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.