सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कमिसनकाे हिसाब किताब मलाई आउँदैन : खानेपानी मन्त्री विना मगर

काठमाण्डौ – खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजना आफ्नो सफलतासँग जोडिएको आयोजना भएकाले यसमा कसैको पनि गिद्धेनजर लाग्न नदिने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री मगरले मेलम्ची आयोजनालाई सम्पन्न गर्न आफू गम्भीरताका साथ लागेको बताउनुभयो ।

‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो, मेलम्ची उपत्यकावासी नागरिकका लागि निकै महत्वपूर्ण आयोजना हो, त्यो सँगसँगै मेलम्ची मेरो व्यक्तिगत सफलतासँग जोडिएको आयोजना पनि हो’, उहाँलेभन्नुभयो, ‘त्यसैले मेलम्चीमा कुनै पनि गिद्धे नजर पर्न दिनेछैन मैले त्यसमा तपाईँहरु विश्वस्त हुनुहाेस् ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पछिल्लो समयमा मन्त्रीले राष्ट्र नै डुबाउने गरी मेलम्चीको काममा ढिलाई गरेको कमिसनमा लागेको जस्ता प्रचार गरिएको प्रति आफू गम्भीर भएको भन्दै यस्ता हिसाब किताब आफूलाई नआउने बताउनुभयो ।

Dirghayu Ads

‘मैले देखेको फर्मुला भनेको पहिलो प्रायोरिटी मेलम्ची आयोजना प्लस सीएमसी कम्पनी इज इक्वेल टु काठमाण्डौवासी भन्ने हो’, उहाँले भन्नुभयो, ‘त्यही फर्मुलामा राखेर काम गरियोस् भन्ने सचिवलाई मेरो निर्देशन थियो तर सचिवले काम गरेको पाईन । स्वभाविक रुपमा अरु मन्त्रालयका सचिव पनि सरुवा गरिएको छ ।’

मन्त्रीले यति खायो उति खायो भनेर मिडियाले अनर्गल प्रचार गरेको भन्दै उहाँले यस्ता नियोजित प्रचारबाजीमा नलाग्न आग्रह पनि गर्नुभयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.