सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पिछा छुटाउन पाकिस्तानीले श्रीमतीलाई भारतको सीमातिर धकेलिदिए, भारतीय सेनाले गोली हान्यो

एजेन्सी। कश्मिरको पुलावामामा भएको आतंकवादी आक्रमणपछि यहाँ एउटा अत्यन्तै दुःखद् घटना भएको छ । एक पाकिस्तानी युवकले आफ्नी श्रीमतीबाट छुटकारा पाउन चाहन्थे त्यसपछि उनले आफ्नी श्रीमतीलाई जबरजस्ती भारतको सीमाभित्र धकेलिदिए ।

बुधबार जब ती महिलाले भारतको सीमामा प्रवेश गरिन् लगत्तै भारतीय सेनाले उनलाई गोली हानिदियो । जवानहरुले नजिक गएर हेर्दा महिला घाइते अवस्थामा भेटिइन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

Sana Kishan

भारतीय गुप्तचर एजेन्सीले भने महिलालाई जासुसीको लागि पठाइएको आशंकामा जाँच गरिरहेको जनाएको छ । महिलाको उपचार भएपछि उनलाई हिरासतमा लिएर सोधपुछ गर्ने तयारी गरिएको छ । महिलासँगबाट एउटा फुटेको मोवाइल भेटिएको छ । महिलाले भने आफू सीमानजिकैको गाउँकी भएको बताएकी छिन् ।

World Link Ads
Mahakali Polytechnic

उनका पतिले उनीसँग पिछा छुटाउन चाहेको र अहिले दुई देशबीच स्थिति बिग्रिएको बेला उनलाई जबरजस्ती भारतीय सीमाभित्र धकेलिदिएको बताएकी छिन् । महिलाका अनुसार कुहिरोका कारण उनले बाटो बिराएर भारतको सीमाभित्र निकै अगाडि बढेकी थिइन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.