सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीवनमै पहिलो पटक दौरा सुरुवाल लगाएका डाक्टर भट्टराई यस्तो देखिए !

काठमाण्डौ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई यतिबेला पार्टीले सञ्चालन गरेको ‘जनसंवाद यात्रा’का क्रममा देश दौडाहामा निस्किनु भएको छ ।

 

डाक्टर भट्टराईले गाउँगाउँमा स्थानीयसँग भलाकुसारी गर्दै हिँडेको आज २४औँ दिन पुगेको छ । बुधबार पश्चिम रुकुमका विभिन्न ठाउँहरु घुमेर बिहीबार उहाँ जाजरकोट जाँदै हुनुहुन्छ ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads
Sana Kishan

डाक्टर भट्टराई बुधबार चौरजहारीमा स्थानीय नेताको घरमै बस्नु भएकाे थियाे ।

बिहीबार डाक्टर भट्टराईले रुकुमको चौरजहारीबाट जाजरकोट जाँदै गर्दाको तस्बिर फेसबुकमा राख्नु भएको छ । साथै उहाँले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै फेसबुकमा पोस्ट गर्नु भएको छ । उहाँ लेख्नुहुन्छ, ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा(सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो! ’

डाक्टर बाबुराम भट्टराईको दौरा सुरुवालसहितको फोटो फेसबुकमा राख्दै उहाँकी पत्नी तथा नयाँ शक्तिकी नेता हिसिला यमी लेख्नुहुन्छ, ‘मेरा खस श्रीमान पहिलो पटक खस दौरा सुरुवाल लगाएर खस भूमिमा ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.