सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अष्ट्रेलियामा विचल्ली परेका नेपालीबारे कांग्रेसको चिन्ता

नक्कली कलेजमा पठाउने कन्सल्टेन्सीलाई कारवाही गर्न माग

काठमाडौं : अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजारभन्दा धेरै नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति नेपाली कांग्रेसले आफ्नो ध्यानाकर्षण पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
अष्ट्रेलियाकै शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन वेगर विद्यार्थी भर्ना लिएर हजारौंको भविष्य अन्योल बनाएको घटनाले नेपाली अभिभावकसँगै आफूलाई पनि मर्माहत तुल्याएको जनाएको छ ।
बुधबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा यस्तो धारणा व्यक्त भएको हो । अष्ट्रेलियामा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरुको विश्वविद्यालय नक्कली भएको हो । एक हजार भन्दा बढी नेपाली विद्यार्थीले पढेको कलेजलाई त्यहाँको सरकारले मान्यता नदिने भएपछि समस्या उत्पन्न भएको हो ।
साथै अष्ट्रेलियास्थित कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यस घटनाबारे थप सूचना लिन र आवस्यक समन्वय गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे थप विवरण संकलन गरी आवस्यक कारवाही गर्न पनि सरकारलाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ । ती विद्यार्थीलाई अष्ट्रेलिया पठाउने नेपालका कन्सल्टेन्सीलाई समेत कारवाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको कांग्रेस प्रवक्ता शर्माले जनाएका छन् ।
अन्नपूर्ण पोस्टमा खबर छ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.