सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतले आक्रमण गरे पाकिस्तान साेचेर बस्दैन, कडा प्रतिकार गर्नेछ : इमरान खान

इस्लामाबाद – कश्मीरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टि गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ ।

घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्ने भारतले चेतावनी दिइरहेका बेला पाकिस्तानले यस्तो चुनौती दिएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजनमार्फत मङ्गलबार गरेको सम्बोधनमा भारतलाई कश्मीर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका हुन् ।

World Link Ads
Mahakali Polytechnic

साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले ढिलो गरी सम्बोधन गरेको बताउँदै उहाँले भारतले आफूहरुमाथि आक्रमण गरेमा आफूहरु पनि प्रतिकार गर्न तयार रहेको बताउनुभयो ।

Dirghayu Ads

गएको हप्ता भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४४ सुरक्षाकर्मीको मृत्यु भएपछि त्याे घटना पाकिस्तानले गराएको भारतको आरोप छ ।

पाकिस्तानी भूमिबाट सञ्चालित लडाकू सङ्गठन जैश-ए-मोहम्मदले घटना आफूले गराएको दाबी गरेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले घटनामा आफ्नो संलग्नता नरहेको र संलग्नताको पुष्टि गर्न चुनौती दिएका छन् ।

बिनाप्रमाण दोष नलगाउन पनि पाकिस्तानी प्रधानमन्त्री खानले भारतलाई आग्रह गरेका छन् । उनले भने, “भारतले पाकिस्तानमा आक्रमण गर्नेबारे सोचेको छ भने पाकिस्तानले पनि प्रतिकार गर्न सोच्ने छ र प्रतिकार पनि गर्नेछ । भारतले आक्रमण गर्दा पाकिस्तान साेचेर मात्रै बस्दैन, जवाफ दिनेछ ।”

कश्मीर घटनाको अनुसन्धानमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउदै उनले पाकिस्तान आफै स्थायित्वतिर उन्मुख भएकाले यस्तो आक्रमण गर्न नचाहेको स्पष्ट पारे । पाकिस्तान आफै पनि आन्तरिक रुपमा आतंकवादी समस्याबाट गुज्रिरहेकाे बताउँदै प्रधानमन्त्री इमरान खानले अर्बाैं रुपैयाँ आतंकवादविरुद्धकाे लडाइँमा खर्च गरेकाे बताए ।

Sana Kishan

पाकिस्तानी प्रधानमन्त्री खानले आरोप प्रत्यारोप छाडेर वार्ताबाट समस्याको समाधान गर्न भारतलाई आह्वान पनि गरेका छन् । त्यसका लागि पाकिस्तान तयार रहेको खानको भनाइ छ ।

सन् १९४७ मा विभाजन भएदेखि नै दुवै देशले कश्मीर आफ्नो अधीनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन् । कश्मीरको केही भूभाग पाकिस्तान र केही भारतको अधीनमा छ ।

आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।

बिहीबारको घटना त्यस क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ ।

छुट्टी मनाएर काममा फर्कँदै गरेका झण्डै दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरेको थियो ।

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !

माैलाना मसूद अजहरको नेतृत्वमा रहेको जैश-ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ । तर पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ ।

कश्मीरमा आत्मघाती आक्रमण गर्ने व्यक्ति स्थानीय युवा भएको बताइएको छ । केही वर्षयता धेरै कश्मीरी युवा लडाकू सङ्ठनमा प्रवेश गरेका छन् ।
रासस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.