सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाकिस्तानमाथि नै आतंकवादी आक्रमण, यसरी मारिए पाकिस्तानी सैनिक

काठमाडौं। भारतले पाकिस्तानमाथि आतंकवादीलाई संरक्षण गरेको आरोप लगाइरहेका बेला उता पाकिस्तानमाथि नै आतंकवादी आक्रमण भएको छ । आक्रमणमा ६ जना पाकिस्तानी सैनिक मारिएका छन् । आक्रमण पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको हो । बलोचिस्तान इरानसँग सीमा जोडिएको प्रान्त हो र आक्रमण इरान–पाकिस्तान सीमा क्षेत्रमा नै भएको हो ।

Sana Kishan

भारतसँगको सीमा क्षेत्र जम्मु कश्मिरमा भारत पाकिस्तानबीच विवाद भएजस्तै उता इरानको सीमा क्षेत्रमा पनि पाकिस्तान इरानबीच विवाद छ । इरान पनि पाकिस्तानको भारतजस्तै दुश्मन देश हो । यस्तोमा यो आतंकवादी आक्रमणमा इरानको सहयोग रहेको आशंका समेत गरिएको छ । इरानले भने पाकिस्तानबाट आफ्नो देशमा आतंकवादी आउने गरेको आरोप लगाउने गर्छ । उसले पटक पटक पाकिस्तानलाई भारतले जस्तै आरोप लगाउँदै आएको छ ।

पछिल्लो घटनामा आइतबार बलोचिस्तानको पंजगुर जिल्लामा पहाडी क्षेत्रमा पाकिस्तानी सेना फ्रन्टियर कप्र्सका ४ जवान मारिएका हुन् । त्यसको केही घण्टामै लोरलाइ क्षेत्रमा दुई सैनिक मारिएका छन् । फ्रन्टियर कप्र्सका प्रवक्ता वासे खानका अनुसार सुरक्षाकर्मीले चेकपोस्ट परिवर्तन गरिरहेका बेला आक्रमण भएको हो । बलोचिस्तानका मुख्यमन्त्री मदद खानले यो आक्रमण बलोचिस्तानको विकास र शान्ति बिगार्नको लागि गरिएको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.