सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सर्वोच्चमा बेवास्तामा परेपछि न्यायाधीश दीपकराज जोशीले राजीनामा दिए

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । पछिल्लो समय सर्वोच्च अदालतभित्र जिम्मेवारीविहीन पारिएका जोशीले राजीनामा दिने विकल्प रोजेका हुन् ।

Sana Kishan

यसअघि जोशीले कायममुकाम प्रधानन्यायाधीशको हैसियतमा कार्यभार सम्हालिसकेका छन् । त्यसपछि उनी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।

त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी समेत खोसेका थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.