सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नै देशका १६ राज्यले मुद्दा हालिदिए

वाशिङटन। अमेरिकाका १६ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रासविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । यी राज्यले मेक्सिको सीमामा पर्खाल बनाउन पैसा जुटाउनका लागि संकटकालीन अवस्थाको घोषणा गर्नु संविधान विपरित भएको दावी गरेका छन् । ट्रम्पले १५ फेब्रुअरीमा अमेरिकामा संकटकाल लगाउने घोषणा गरेका थिए । क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरिएको हो ।

Sana Kishan

क्यालिफोर्नियाका अटर्नी जनरल जेभियर बेसेराले सैय परियोजना, आपतकालीन कोष र अन्य जरुरी कामको लागि राखिएको रकम दुरुपयोग हुने खतरा भएको भनदै ट्रम्प प्रशासनको निर्णयविरुद्ध अदालत गएको बताए । क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलाभेयर, हवाइ, इलिनोय, मेन, मेरिल्याण्ड, मिशिगत, मिनेसोटा, नेवाद, न्यूजर्सी, न्यू मेक्सिको, न्यूयोर्क, ओरेगन र भर्जिनिया राज्यले मुद्दा दायर गरेका हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.