सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सीमामा एकलौटी नाली निर्माण गरी तारबार गर्ने भारतको तयारी

नेपाल-भारत सीमा अन्र्तगत कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजार क्षेत्रमा एकलौटी नाली खनिरहेको भारतले कैलालीको शिवरत्नपुरमा झण्डै दुई किलोमिटर क्षेत्रमा नाली निर्माण गरेको छ । दुधुवा राष्ट्रिय निकुञ्ज समेत पर्ने सो क्षेत्रमा भारतले गत माघमा नाली खनेको स्थानीयले बताएका छन् ।

Sana Kishan

कैलारी गाउँपालिका–३ मा पर्ने शिवरत्नपुर गाउँका भलमन्सा रामप्रसाद चौधरीका अनुसार भारतीय वनका कर्मचारीले डोजर लगाएर नाली खनेको बताएका छन् । उनका अनुसार वनका कर्मचारीले निकुञ्ज क्षेत्रका जीवजन्तुको संरक्षण र जनावरको प्रवेश रोक्न नाली निर्माण गरिरहेको जनाएका थिए भने त्यसपछि तारवार गर्ने समेत बताएका थिए ।

यसअघि भारतीय वन विभागका कर्मचारीलाई मासिक दुई सय रुपैया भारु तिरेर घाँस दाउरा र दशगजा क्षेत्रमा वस्तुभाउ चराउदै आएका शिवरत्नपुरका बासिन्दा भारतले सीमामा तारवार गर्ने भनेपछि चिन्तित भएका छन् । अर्कोतीर भारतले निर्माण गरेको नालीले वर्षातका बेला बस्ती डुबानको खतरामा पर्ने सम्भावना बढ्दै गएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.