सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतको जम्मु कश्मीरमा अहिलेसम्मकै भिषण आक्रमण, ३९ जना भारतीय सुरक्षाकर्मीको मृत्यु

नयाँदिल्ली (एजेन्सी) । भारतको जम्मू–कश्मीरमा बिहीबार आतंकवादी आक्रमण भएको छ । जम्मू–कश्मीर उपत्याकाको पुलवामा जिल्लाको लेथपोरा नजिकैको श्रीनगर–जम्मू राजमार्गमा भारतीय सुरक्षाकर्मी सीआरएफको बसमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छने ।

आक्रमणमा कम्तिमा ३९ जना सुरक्षाकर्मी मारिएको आजतकले जनाएको छ । आक्रमणमा करिब ४४ जना सुरक्षाकर्मी घाइते भएका छन् । मारिनेको संख्या अँझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो राजमार्ग हुँदै चलेको सीरआरएफको बसमा विस्फोट गराइएको भारतीय प्रहरीले जनाएको छ । बसमा ४० भन्दा भरै सुरक्षाकर्मी रहेको बताइएको छ ।

World Link Ads
Mahakali Polytechnic

३०० किलोमिटरको यो राजमार्ग रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यो राजमार्गमा सँधै सुरक्षाकर्मीको निगरानी रहन्छ । आक्रमणमा घाइते भएकाहरुलाई आर्मीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई श्रीनगरस्थित आर्मीको अस्पतालमा ल्याइएको बीबीसीले जनाएको छ ।

Dirghayu Ads

आक्रमणपछि यो राजमार्ग पूर्ण रुपमा बन्द गरिएको छ । आक्रमण भएको क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ब्यापक परिचालन गरिएको छ । आक्रमणकारीको खोजीमा सुरक्षाकर्मी जुटेको बीबीसीले जनाएको छ । दुई बसमा सीआरएफका सुरक्षाकर्मी थिए । उनीहरुको सुरक्षाका लागि प्रहरीका जीप अगाडि र पछाडि रहेको बताइएको छ ।

Sana Kishan

प्रतिबन्धित चरमपथी संगठ जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जैश–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एक बयान जारी गरेर आक्रमणको जिम्मा लिएका छन् । उनले सो आक्रमण आदिल अहमद उर्फ वकास कमाण्डोले गराएको बताएका छन् । वकास कमाण्डो पुलवा जिल्लाका नागरिक रहेको बताइएको छ ।

आक्रमणपछि विभिन्न प्रतिक्रियाहरु पनि आएका छन् । काँग्रेस अध्यक्ष राहुल गान्धीले सो आक्रमणलाई कायरतापूर्ण आक्रमण भनी निन्दा गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘जम्मू–कश्मीरको पुलवामामा सीआरएफको यात्रामा भएको कायरतापूर्ण आक्रमणले दुखि भएको छ । सहिदका परिवारप्रति समवेदना छ । घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्छु ।’ जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणको कडा निन्दा गर्दै भनेका छन्, ‘उपत्याकाबाट भयावह समाचार एको छ । आईआईडी ब्लास्टमा सीआरएफका कैयैं जवानहरु मारिएका छन् । म यस आक्रमणको कडा निन्दा गर्छु । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्छु । मारिने सहिदहरुको परिवारप्रति समवेदना प्रकट गर्छ ।’

पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बनर्जीले पनि यो आक्रमणबाट निकै दुःखी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘दुःखी छु पुलवामामा १३ सीआरएफका जवानहरु सहिद भएका छन् । हामी हाम्रो बहादुर जवानहरुलाई स्याल्यूट गर्छौ । र उनीहरुको परिवारप्रति समवेदना प्रकट गर्छौ ।’

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ट्वीट गरेर आक्रमणको निन्दा गरेका छन् । उनले जम्मू–कश्मीरबाट दुःखद् समाचार आएको भन्दै आतंकवादी आक्रमणको निन्दा गरेका छन् ।

लोकसभा चुनावको मिति तोकिने तयारी भइरहेका बेला भएको यो आक्रमणलाई सुरक्षाबलका लागि एक झट्का मानिएको छ । भारतीय गृहमन्त्रालयका अुसार २०१८ मा २५० आतंकवादी, ८४ सुरक्षाकर्मी र १५० जना आम मानिस आतंकवादी आक्रमण मारिएका थिए । यो वर्ष पछिल्ला ६ हप्तामा २० जना आतंकवादी मारिएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.