दाङ : महिलामाथि बलात्कार गरेको अभियोगमा दाङमा एक प्रहरी हवलदारविरुद्ध प्रहरीमा जाहेरी परेको छ।तुलसीपुर उपमहानगरपालिका-१३ फुलबारी रनियापुरमा कार्यरत प्रहरी हवलदार गम्भीर चन्दले बिहीबार राति एक स्थानीयको घरमा गएर महिलामाथि जवरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले आरोपित हवल्दार चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए। महिलाकै घरमा पुगेको प्रहरी हवल्दार चन्दले राति १0 बजे महिलामाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन्।
पीडित महिला तथा आफन्तले प्रहरीमा हवल्दारविरुद्ध जाहेरी दिएको हो। पीडित महिलाको राप्ती प्रादेशीक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको कार्कीले बताए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)