सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अठार किलो सुन: प्रहरी जवानको ससुरालीबाट बरामद

मनोज भट्ट, महेन्द्रनगर।
कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो ।

बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाको घरवाट सुनका १०८ वटा सिक्का फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताउनुभयो । सुन सँगै दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गंगालालको घरमा खानतलासि गर्दा उक्त सुन भेट्टिएको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सुन तस्करीमा संग्लन रहेको भन्दै प्रहरी र सीआईबीको टोलीले प्रहरी जवान सुरज तिरुवा र उनका भाई लक्ष्मण तिरुवा पक्राउ गरेको छ ।

Dirghayu Ads

सुरज तिरुवा र लक्ष्मण तिरुवाले आफुलाई थाहा नै नदिई घरमा समान राखेको र उक्त समान के हो भन्ने आफुलाई थाहा नभएको गंगालालको तर्क छ ।
सुरज जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी जवान हुन, भने गंगालाल सुरजका ससुरा हुन् । तर लक्ष्मण भने स्थानीय भएको डिएसपी कृष्ण ओझाले बताउनुभयो ।

लक्ष्मण र प्रहरी जवान समेत रहेका सुरजले ससुरालीलाई थाहा नै नदिई सुन लुकाएको ससुरा गंगालालले बताउनुभयो ।
गंगालालको घरबाट सुनका १०८ वटा सिक्का प्राप्त भएको र सो जोख्दा तौल १८ किलो भएको कञ्चनपुर प्रहरीले बताएको छ उक्त सुन भारतीय ब्यापारीको भएको बताइएको छ । उक्त सुनको मुल्य ९ करोड पर्ने बताइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.