सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीकी यि किसोरी पक्राउ परिन जसले साथीको फेक आईडी बनाएर केटालाई अश्लिल म्यासेज पठाईन !

डोटी । साइबर क्राइम गरेको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् ।

साथीको फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाइ पुरुषहरुसँग अश्लिल कुरा गर्ने एक किशोरीलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै कक्षामा अध्ययन गरिरहेकी साथीको फोटो राखेर खोलिएको आईडीबाट आफूलाई यौन इच्छा लागेको भन्दै अश्लील सन्देश पठाउने गरेको प्रहरीले बताएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आफ्नो फोटो प्रयोग गरेर नक्कली आइडी बनाइ अश्लिल संदेश पठाएको भन्दै पीडित छात्राले नेपाल प्रहरीको अपराध महाशाखा काठमाडौंमा मुद्धा दायर गरेकी थिइन् ।

Dirghayu Ads

पीडित किशोरीको निबेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

घटनाको संबेदनशिलतालाई मध्येनजर गरी आरोपी र पीडितको नाम भने गोप्य राखिएको प्रहरीले बताएको छ । आरोपीलाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

स्रोतका अनुसार एउटै कक्षाकोठामा पढ्ने ती दुई छात्राहरुबीच केही दिनअघि झगडा भएको थियो । सोही रिसमा ती छात्राले साथीको बद्नाम गर्नका लागि यस्तो गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.