सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटमा धार्मिक मेला उद्घाटन गर्न पुगे उपराष्ट्रपति !

महेन्द्रनगर- उपराष्ट्रपति नन्द बहादुर पुन महेन्द्रनगर पुगेका छन् । कञ्चनपुरको बेदकोटमा बिहिवारदेखि सुरु हुने बेदकोट धार्मिक तथा पर्यटन मेलाको उद्घाटन गर्न उपराष्ट्रपति पुन महेन्द्रनगर पुगेका हुन् ।

बेदकोट नगरपालिकाले गरेको मेलाको उद्घाटन गर्न बुधवार बिहान उपराष्ट्रपति महेन्द्रनगर पुगेका हुन् । उनलाई बिहान सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख मोहन बहादुर मल्लसहित प्रदेश सरकारका सभामुख र मन्त्रीहरु ल्गायतले धनगढी बिमानस्थलमा स्वागत गरेका थिए ।

यस्तै विमानस्थलमा विभिन्न स्थानीय तहका प्रमुख सहित नेकपाका नेता कार्यकर्ताहरुले समेत उपराष्ट्रपतिलाई स्वागत गरे । मुख्यमन्त्री र प्रदेश प्रमुखले विमानस्थलमा स्वागत गरे पछि उपराष्ट्रपति पुन महेन्द्रनगर प्रस्थान गरेका हुन् ।

महेन्द्रनगरस्थित होटल ओपेरा परिसरमा समेत उनलाई स्वागत गरिएको थियो । बिहिवार हुने पर्यटन मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेपनि बुधवार दिनभर उपराष्ट्रपति महेन्द्रनगरमा विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको उपराष्ट्रपतिले अवलोकन गर्नेछन् । उनले निकुञ्जको अवलोकन पश्चात एसियाकै दोस्रो लामो झोलुङ्गे पुलको समेत अवलोकन गर्ने कार्यक्रम रहेको आयोजक बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए ।

झोलुङ्गे पुलमा माहाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले उपराष्ट्रपतिलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । उनले बुधवार नै

Dirghayu Ads

विभिन्न राजनीतिक दल, सुरक्षा निकायका प्रमुख लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । बिहिवार भने उनले बेदकोटस्थित शिवलिङ्गेश्वरको दर्शन र दिउँसो बेदकोट तालमा आयोजना भएको पर्यटन मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उपराष्ट्रपति महेन्द्रनगर पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजमार्ग लगायत उपराष्ट्रपतिको सवारी हुने विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.