सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनताको जलविद्युत आयोजना कार्यक्रम : यी हुन् जनताको लगानीमा बन्ने जलविद्युत आयोजना

काठमाण्डाै – सरकारले बिहीबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा गृहमा घोषणा गर्ने कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको छ ।

स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले यो कार्यक्रमको औपचारिक घोषणा गर्न लागेकाे हो ।

‘नेपालको पानी, जनताको लगानी : हरेक नेपाली जलविद्युतको शेयर धनी’ भन्ने मूल नारा तय गरिएको यस कार्यक्रममा सरकारले ३ हजार ७ सय ७९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ । यस आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर तथा प्रभावित क्षेत्रका जनताको १९ प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कार्यक्रमअन्तर्गत यस आयोजनाका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

Dirghayu Ads

जनताको लगानीमा बनाइने आयोजना कुन–कुन ?

किमाथांका अरुण ४८२ मेगावाट
अपर अरुण ७२५ मेगावाट
इखुवा ३० मेगावाट
अरुण ४ ३७२ मेगावाट
धुन्सा खोला ७२ मेगावाट
सिम्बुवा खोला ७० मेगावाट
तामाकोसी ५ ९९६ मेगावाट
त्रिशूली ३ बी ३७ मेगावाट
बूढीगण्डकी ग्वारखोला ६० मेगावाट
बूढीगन्डकी प्रोक १ १०० मेगावाट
बूढीगन्डकी प्रोक २ २४० मेगावाट
बूढीगन्डकी क ७५ मेगावाट
भेरी बबई डाइभर्सन ४८ मेगावाट
फुकोट कर्णाली ४९२ मेगावाट
जगदुल्ला १ ९२ मेगावाट
जगदुल्ला २ ६५ मेगावाट
चैनपुर सेती २१० मेगावाट
सेती नदी ३ १६३ मेगावाट
अपर सेती ५० मेगावाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.