सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाँके र बर्दियाको दुई गाउँलाई स्मार्ट कृषि गाउँको घोषणा

नेपालगन्ज २८ माघ ।

बाँके र बर्दियाको दुई गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने अभियानको आज शुभारभ्भ गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका १३ मा रहेको खड्कवार गाउँ र बर्दिया मधुवन नगरपालिका वडा नम्बर ८ ताराताल शिवनगरलाई स्र्माट कृषि गाउँ बनाउन लागिएको हो । बाँकेको खड्कवारमा बसन्ते मकै र तरकारी खेतीको लागी स्मार्ट बनाईने भएको छ भने बर्दियाको शिवनगरमा गाईभंैसी पालनमा स्मार्ट बनाइने छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ को स्मार्ट कृषि गाउँ निर्माण गर्ने योजना अनुसार, प्रदेशका ५२ वटा निर्वाचन क्षेत्र अन्तगर्तमा पर्ने गाउँहरुलाई छनोट गर्र्दै स्मार्ट कृषि गाउँ निर्माण गर्न लागीएको हो । बाँकेमा ६ र बर्दियामा ४ वटा स्मार्ट कृषि गाउँ निर्माण गरिने प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो । बाँकेको नेपालगन्ज उप महानगरपालिका १२ बेलासपुर, खजुरा गाउँपालिका २ सितापुर, राप्तीसोनारी ७ फत्तेपुर ,डुडुवा गाउँपालिका ३, बैजानाथ गाउँपालिकाको तिलकपुरमा स्मार्ट कृषि गाउँ निर्माण हुने भएको भने बर्दियाको बढैयाताल गाउँपालिका ढोढरी, राजापुर नगरपालिका मुखियाजैटु, गुलरिया नगरपालिकामा रहेको तुलसिपुर गाउँ पनि स्मार्ट बन्ने भएको हो । स्मार्ट कृषि गाउँलाई सफल बनाउन कृषि बैज्ञानिक, प्रावधिक सहितको सहयोग लिने गरी सम्बन्धीत निकायसगं समन्वय सहकार्य भैसकेको मन्त्री बताउनुभयो । सोहि अनुरुप आज कोहलपुरमा रहेको खड्कवार गाउँ र बर्दिया मधुवन नगरपालिकामा रहेको शिवनगरलाई स्र्माट कृषि गाउँ बनाउन सुभारम्भ गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । स्मार्ट कृषि गाउँ निर्माणको लागी प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको छ । यसमा कृषकहरुले २० प्रतिशत आफुले लगानी गर्नुपर्र्ने मन्त्रालयका उप सचिव विनोद घिमिरेले जानकारी दिनुभयो

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.