सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्वमा झापाको बाहुनडाँगीबाट सुरु हुने रेलमार्ग कञ्चनपुरको गड्डाचौकीसम्म जोडिनेछ,

काठमाडौँ — रेल विभागले पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न आशयपत्र माग गरेको छ  । १३६ किलोमिटर खण्डको डीपीआर ६ महिनाभित्र बनाइसक्ने योजना रहेको विभागले जनाएको छ  ।

पूर्वमा झापाको बाहुनडाँगीबाट सुरु हुने रेलमार्ग कञ्चनपुरको गड्डाचौकीसम्म जोडिनेछ, जुन ९४६ किमि लामो हुनेछ । विभागले पूर्व–पश्चिम लोकमार्गको समानान्तर रूपमा रेलमार्ग बनाउने भएको हो ।

Sana Kishan

आशयपत्रमा चितवन राष्ट्रिय निकुञ्जभन्दा उत्तरबाट रेलमार्ग बनाउने प्रस्ताव छ । त्यसैअनुसार डीपीआर तयार पारिने विभागले जनाएको छ । निकुञ्जभित्रबाट लैजाँदा जैविक एवं पर्यावरणीय नोक्सानी हुने र ठूलो मात्रामा रूख काट्नुपर्ने भएकाले बाहिरबाट बनाउन लागिएको हो ।
विभागका अनुसार निजगढ चोकबाट १० किलोमिटर पश्चिम हुँदै भरतपुर र नवलपरासीको अमरापुरी जोड्ने गरी डीपीआर तयार गरिनेछ । यसअघि निकुञ्जभित्रबाट रेलमार्ग बनाउने गरी डीपीआर तयार पारिएपछि व्यापक विरोध भएको थियो । आशयपत्र पेस गर्नेमध्ये उत्कृष्ट कम्पनी छनोट गरी डीपीआर निर्माणको जिम्मा दिइनेछ ।

World Link Ads
Mahakali Polytechnic

कम्पनीले वातावरणीय, जैविक तथा भौगोलिक अध्ययनका साथै ठेक्काको कागजात र परियोजना कार्यान्वयनको कार्ययोजनासमेत बनाउनु पर्ने विभागका अधिकारीले जनाए । रेलमार्गको बुटवल पश्चिम खण्डमा पनि डीपीआर निर्माणको काम भइरहेको छ । चार खण्डमा छुट्याई डीपीआर तयार भइरहेको र ६ महिनाभित्र पूरा हुने विभागले जनायो । पूर्व–पश्चिम रेलमार्गको जयनगर–जनकपुर हुँदै बर्दिबाससम्मको ३५ किमि खण्ड तयार भइसकेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.