सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा करिब ६ करोड मूल्य बराबरको इँटा नोक्सान

लगातारको वर्षाका कारण कञ्चनपुरमा करिब ६ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । वर्षाका कारण जिल्लामा करिब ६ करोड मूल्य बराबरको इँटा नोक्सान भएको महाकाली इँटा तथा टायल उद्योग व्यवसायी संघले जनाएको छ । वर्षातले तयार पार्दै गरेका र पोल्नका लागि राखेका काँचो इँटा गलेर नष्ट भएका छन् । पोल्न तयारीमा राखेका बेला वर्षा हुँदा २० लाख गोटा इट्टा नोक्सान भएको सघंले जनाएको छ ।पानीले इट्टा नोक्सान भएपछि इँटाको आपूर्ति कम हुने र मूल्य समेत बृद्धि हुने देखिएको छ । ठूला इँटा उद्योगमा १५ देखि २० लाख र साना उद्योगमा १० लाख इँटा नोक्सान भएको व्यावसायीको भनाइ छ । वर्षातले करोडौँको इँटा नोक्सान भएकाले प्रति गोटा १ देखि २ रुपैयाँसम्म मूल्य वृद्धि हुन सक्ने व्यवसायिको भनाइ छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.