Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेस सांसद भण्डारीले भने– “कति ठगिएको होला यो मुलुक !”

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १७, २०८२
कांग्रेस सांसद भण्डारीले भने– “कति ठगिएको होला यो मुलुक !”
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – निजामती सेवा विधेयकमा वरिष्ठ प्रशासकहरूको स्वार्थ मिल्ने गरी गरिएको अनधिकृत हेरफेरप्रति संसदभित्र चर्को विरोध सुरु भएको छ । विधेयकमा उल्लेख गरिएको दुई वर्षे ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा गरिएको संशोधनपछि सांसदहरू आक्रोशित भएका हुन् ।

सांसदहरूलाई नै अज्ञानमा राखेर विधेयकमा परिवर्तन गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै कांग्रेस सांसद डा. चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत कडा आलोचना गरेका छन् । उनले सीमित व्यक्तिहरूको स्वार्थका लागि मुलुक ठगिएको आशंका व्यक्त गरेका छन् ।

सांसद भण्डारीले लेखेका छन्, “सांसदमा सांसदलाई समेत ढाँट्ने, छल्ने र किर्ते गर्ने गरेपछि! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला?” उनले यसलाई अक्षम्य अपराधको रूपमा व्याख्या गर्दै सम्बन्धित पक्षलाई कठोर कारबाही गर्न माग गरेका छन् ।

“कहाँबाट गल्ती भएको छ? यो अक्षम्य ठुलो अपराधको कारबाही इतिहास बन्ने गरी गर्नु पर्दछ,” उनले भनेका छन्, “दायित्वमा रहेका सम्बद्ध पक्ष पनि परीक्षणको कसीमा हुनुपर्दछ ।”

निजामती सेवा विधेयकमा यति गम्भीर किसिमको हेरफेर कसरी सम्भव भयो भन्ने विषयमा संसद र सरकारी तहमा बहस चर्किएको छ । सांसद भण्डारीले भनेझैं, “के के देख्नु, सुन्नु र भोग्नु पर्ने हो? यो भन्दा ठुलो लज्जा पनि केही हुँदैन!”

यो प्रकरणले विधेयक निर्माणको प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको गम्भीर प्रश्न उठाएको छ । संसदमा अहिले यस विषयमा थप बहस र छानबिनको माग बलियो बनिरहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व