Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इजी वे इन्स्टिच्युटले आयोजना गरेको करियर काउन्सिलिङ तथा सचेतना कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ६, २०८२
इजी वे इन्स्टिच्युटले आयोजना गरेको करियर काउन्सिलिङ तथा सचेतना कार्यक्रम सम्पन्न
0
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter

रबि भट्ट, कञ्चनपुर – इजी वे इन्स्टिच्युटको आयोजनामा तथा देवल स्कुल अफ होटल म्यानेजमेन्ट र डिजी आइटी महेन्द्रनगरको सहकार्यमा आयोजित करियर काउन्सिलिङ र सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इन्स्टिच्युटका संस्थापक, सञ्चालक, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका सिनेट सदस्य तथा महेन्द्रनगर मावि व्यवस्थापन समिति अध्यक्ष डा. कृष्ण दत्त जोशी रहनुभएको थियो। सभाध्यक्षता इजी वे इन्स्टिच्युटका प्रबन्ध निर्देशक श्री नरेन्द्र कलौनीले गर्नुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै डिजी आइटीका कार्यकारी अधिकृत श्री गोकुल धामीले इजी वे इन्स्टिच्युटले दुई महिनामै १२५ जना विद्यार्थी भर्ना गर्न सफल भएकोमा खुसी व्यक्त गरे।

हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष तथा सामाजिक अभियन्ता श्री मदन चन्दले विद्यार्थीहरूलाई लक्ष्य प्राप्तिका लागी उत्प्रेरित गर्दै भने, ‘चित्रको माछा साम्नेकी, तालको माछा थाम्ने।’ लगायतका विभिन्न कहानीसहरू सुनाउनुभयो। उहाँले भने “तपाईंहरू विद्यार्थी मात्रै होइन, समाजका भावी शिक्षक पनि हुनुहुन्छ। तपाईंहरूको कर्मले नै भविष्यको समाज निर्माण हुन्छ। त्यसैले राम्रो मान्छे बन्नुहोस्, राम्रो समाज बनाउनुहोस्।”

प्रमुख अतिथि डा. कृष्ण दत्त जोशीले विद्यार्थीहरूसँग भावनात्मक र प्रेरणादायी सम्बोधन गर्दै भने, “हाम्रो दिमागमा दुईवटा मार्ग हुन्छन् — एउटा रावण र अर्को राम। रावण भन्छ: केही नगर, आराम गर। तर राम भन्छ: १० चोटी हारे पनि ११औं पटक प्रयास गर, सफल हुन्छौ। त्यसैले कहिल्यै रावण नबन, राम मात्रै बन।”

जोशीले सीपको महत्त्वमाथि जोड दिँदै भने, “हातमा कला र सीप छैन भने कुनै पनि कामको मूल्य हुँदैन। अहिले नै टेक्निकल र कम्प्युटर शिक्षामा ध्यान दिनुहोस्, ती विषयमा दक्षता हासिल गर्नुहोस् र आफ्नो कला देखाउनुहोस्।” उनको यस भनाइले कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आत्मबल, निरन्तर प्रयास र प्रविधिमा आधारित सीप विकासतर्फ केन्द्रित हुने प्रेरणा दिएको थियो।

आयोजकहरूका अनुसार, कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा रोजगारी, अध्ययन, सीप विकास र करियर मार्गदर्शनमा प्रेरित गरेको छ। त्यस्तै इजी वे इन्स्टिच्युटले दुई महिनामै सय जना विद्यार्थी भर्ना गरेको अवसरमा एक विशेष ‘सेलिब्रेशन’ कार्यक्रम पनि आयोजना गरेको थियो।

कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर -४ का वडा सचिव पुष्पराज कलौनी, देवल स्कुल अफ होटल म्यानेजमेन्टका सञ्चालक तथा कार्यकारी अधिकृत हिक्मत बुढा, कोर्डिनेटर जयराज भट्ट, डिजीआइटीका सञ्चालक तथा कार्यकारी अधिकृत गोकुल धामी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन इजी वे इन्स्टिच्युटका सञ्चालक तथा डाइरेक्टर नरेश सिंह खत्रीले गर्नुभएको थियो भने शुभकामना मन्तव्य सञ्चालक तथा डाइरेक्टर/सल्लाहकार नवराज भट्टले दिनुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व