रबि भट्ट, कञ्चनपुर – इजी वे इन्स्टिच्युटको आयोजनामा तथा देवल स्कुल अफ होटल म्यानेजमेन्ट र डिजी आइटी महेन्द्रनगरको सहकार्यमा आयोजित करियर काउन्सिलिङ र सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इन्स्टिच्युटका संस्थापक, सञ्चालक, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका सिनेट सदस्य तथा महेन्द्रनगर मावि व्यवस्थापन समिति अध्यक्ष डा. कृष्ण दत्त जोशी रहनुभएको थियो। सभाध्यक्षता इजी वे इन्स्टिच्युटका प्रबन्ध निर्देशक श्री नरेन्द्र कलौनीले गर्नुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै डिजी आइटीका कार्यकारी अधिकृत श्री गोकुल धामीले इजी वे इन्स्टिच्युटले दुई महिनामै १२५ जना विद्यार्थी भर्ना गर्न सफल भएकोमा खुसी व्यक्त गरे।
हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष तथा सामाजिक अभियन्ता श्री मदन चन्दले विद्यार्थीहरूलाई लक्ष्य प्राप्तिका लागी उत्प्रेरित गर्दै भने, ‘चित्रको माछा साम्नेकी, तालको माछा थाम्ने।’ लगायतका विभिन्न कहानीसहरू सुनाउनुभयो। उहाँले भने “तपाईंहरू विद्यार्थी मात्रै होइन, समाजका भावी शिक्षक पनि हुनुहुन्छ। तपाईंहरूको कर्मले नै भविष्यको समाज निर्माण हुन्छ। त्यसैले राम्रो मान्छे बन्नुहोस्, राम्रो समाज बनाउनुहोस्।”
प्रमुख अतिथि डा. कृष्ण दत्त जोशीले विद्यार्थीहरूसँग भावनात्मक र प्रेरणादायी सम्बोधन गर्दै भने, “हाम्रो दिमागमा दुईवटा मार्ग हुन्छन् — एउटा रावण र अर्को राम। रावण भन्छ: केही नगर, आराम गर। तर राम भन्छ: १० चोटी हारे पनि ११औं पटक प्रयास गर, सफल हुन्छौ। त्यसैले कहिल्यै रावण नबन, राम मात्रै बन।”
जोशीले सीपको महत्त्वमाथि जोड दिँदै भने, “हातमा कला र सीप छैन भने कुनै पनि कामको मूल्य हुँदैन। अहिले नै टेक्निकल र कम्प्युटर शिक्षामा ध्यान दिनुहोस्, ती विषयमा दक्षता हासिल गर्नुहोस् र आफ्नो कला देखाउनुहोस्।” उनको यस भनाइले कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आत्मबल, निरन्तर प्रयास र प्रविधिमा आधारित सीप विकासतर्फ केन्द्रित हुने प्रेरणा दिएको थियो।
आयोजकहरूका अनुसार, कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा रोजगारी, अध्ययन, सीप विकास र करियर मार्गदर्शनमा प्रेरित गरेको छ। त्यस्तै इजी वे इन्स्टिच्युटले दुई महिनामै सय जना विद्यार्थी भर्ना गरेको अवसरमा एक विशेष ‘सेलिब्रेशन’ कार्यक्रम पनि आयोजना गरेको थियो।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर -४ का वडा सचिव पुष्पराज कलौनी, देवल स्कुल अफ होटल म्यानेजमेन्टका सञ्चालक तथा कार्यकारी अधिकृत हिक्मत बुढा, कोर्डिनेटर जयराज भट्ट, डिजीआइटीका सञ्चालक तथा कार्यकारी अधिकृत गोकुल धामी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन इजी वे इन्स्टिच्युटका सञ्चालक तथा डाइरेक्टर नरेश सिंह खत्रीले गर्नुभएको थियो भने शुभकामना मन्तव्य सञ्चालक तथा डाइरेक्टर/सल्लाहकार नवराज भट्टले दिनुभएको थियो।









Discussion about this post